विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्थायी नियुक्तीको माग राखेर ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत करार तथा ज्यालादारी कर्मचारी धर्नामा बसेका छन् । गत कात्तिक १३ गतेदेखि आन्दोलनरत कर्मचारी मागको सुनुवाई नभएको भन्दै बुधबारदेखि धर्नामा बसेका हुन् ।

तिहार सुरु भएकाले आन्दोलन अन्तर्गत बुधबारदेखि जलविद्युतगृहको उत्पादन बन्द गर्ने पूर्व घोषित कार्यक्रम स्थगित गरी धर्नामा बसेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी स्वतन्त्र कर्मचारी युनियनले विज्ञप्ती जारी गरी जानकारी दिएको छ । युनियनले तिहारको समयमा विद्युत आपूर्तिमा समस्या नहोस भनी 

करारका कर्मचारीलाई स्थायी नगरी ज्यादारी कर्मचारीलाई भर्ना गर्ने प्रक्रिया अघि बढाएको भन्दै उनीहरू आयोजना स्थलममै धर्नामा बसेका हुन् ।
गत कात्तिक १३ गतेदेखि आन्दोलित बनेका करार तथा ज्यालादारी कर्मचारी बुधबार धर्नामा बसेका छन् ।  

माग सम्बोधन नभए जलविद्युतगृह अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिइए पनि तिहारको समयमा विद्युत आपूर्तिमा समस्या नआओस भनी उक्त कार्यक्रम केही समयका लागि स्थगित गरिएको विज्ञप्तीमा जनाइएको छ ।

जलविद्युतगृहको उत्पादन बन्द गर्ने बाहेकका आन्दोलनका कार्यक्रम भने माग पूरा नहुन्जेलसम्म यथावत राखिएको विज्ञप्तीमा उल्लेख छ ।
आन्दोलनरत कर्मचारीले आन्दोलनका कार्यक्रम अन्तर्गत गत कात्तिक १३ र १४ गते कालो पट्टी बाँधेर काम गरेका थिए । कात्तिक १५ र १६ गते २ घन्टा ‘पेन डाउन’ गरेका थिए । 

आयोजनाको प्रवर्द्धक कम्पनीको व्यवस्थापन पक्षले अस्थायी र ज्यालादारी कर्मचारीको हकमा भएको लिखित सम्झौताको मर्म अनुसार काम नगरेको उनीहरूको आरोप छ । आयोजनामा नेपाल विद्युत प्राधिकरणका १५ सहित १२५ जना कर्मचारी कार्यरत छन् । प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरेको तामाकोसी आयोजनाले गत भदौ १ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit