विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कार्बोनलेस इनर्जी फण्ड प्रा.लि ले ३० मेगावाट बढी क्षमताका माथिल्लो दूधकोसी जलविद्युत आयोजनाको काम साढे २ वर्षभित्र सम्पन्न गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको मनाङमा अघि बढेको आयोजनाको सबै काम पूरा गरी २०८२ असारभित्र उत्पादन गर्ने लक्ष्य लिएकाे हाे ।

जिल्लाको नासो गाउँपालिका वडा नम्बर ६ र ७ मा अवस्थित ३०.४० मेगावाटको आयोजनाको निर्माण अघि बढाउन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । अनुमतिपत्र जारी गर्न अन्तिम चरणकाे काम भइरहेकाे छ ।

आयोजनाको वातावरणीय  प्रभाव मूल्यांकन प्रतिवेदन, अद्यावधिक सम्भाव्यता अध्ययन प्रतिवेदन र आयोजना प्रभावित स्थानीयको राय/सुझावका आधारमा कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गर्ने विभागले जनाएको छ । विभागका अनुसार कम्पनीको नाममा उत्पादन अनुमतिपत्र जारी गर्न आयोजना प्रभावित स्थानीयसँग राय/सुझाव माग गरिएको छ । स्थानीयले आयोजना निर्माण तथा सञ्चालन गर्दा प्रतिकूल असर पर्ने भएमा आगामी ३५ दिनभित्र कम्पनीको कार्यालय र विभागमा आइपुग्ने गरी लिखित राय सुझाव पेस गर्नुुपर्नेछ ।

आयोजनाको मुख्य संरचनाहरू दूधखोलाको दायाँ किनारमा पर्दछन् । खोलामा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हेडरेस सुरुङ, पेनस्टक पाइप हुँदै विद्युतगृहमा पुर्याइ बिजुली उत्पादन गरिनेछ । उत्पादित विद्युत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको धारापानी सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको थप विवरण

आयोजना नाम : माथिल्लो दूधकोसी

क्षमता : ३०.४० मेगावाट

प्रवर्द्धक कम्पनी : कार्बोनलेस इनर्जी फण्ड प्रालि

आयोजनास्थल : गण्डकी प्रदेश, मनाङ जिल्ला, नासो गाउँपालिका

वार्षिक सरदर उत्पादन : १८५.५६ गिगावाट घन्टा

हेडरेस सुरुङ : ३९०० मिटर

भूमिगत सर्ज साफ्ट : ३६० मिटर

भूमिगत पेनस्टक : २१५ मिटर

टवाईन : पेल्टोन (३ वटा)

विद्युत जोडिने स्थान : धारापानी सबस्टेसन

प्रसारण लाइन : १३२ केभी, ८ किलोमिटर

उत्पादन तालिका : २०८२ असार १५

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit