विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिंकोस हाइड्रोपावर प्रालिले म्याग्दीमा प्रवर्द्धन गर्न लागेको ३.४५ मेगावाटको सिंकोस आंशिक-जलाशय जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । आयोजनामा साङ्ग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन पूरा गरिएको हो ।

आयोजना प्रवर्द्धक कम्पनी र बैंकहरूबीच शुक्रबार एक समारोहकाबीच ऋण लगानीसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष सूर्यप्रसाद अधिकारी, साङ्ग्रिला विकास बैंकका उप–महाप्रबन्धक रजित मास्के र महालक्ष्मी विकास बैंकका उपप्रमुख कार्यकारी अधिकृत अमितबहादुर चन्दले हस्ताक्षर गरे । सम्झौता अनुसार आयोजनामा साङ्ग्रिला विकास बैंकले ३० करोड र महालक्ष्मी विकास बैंकले २४ करोड ४६ लाख गरी कुल ५४ करोड ४६ लाख रुपैयाँ ऋण लगानी गर्नेछन् ।

कुल ७७ करोड ८० लाख रुपैयाँको लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजीबाट लगानी जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यस अनुसार २३ करोड ३४ लाख रुपैयाँ स्वपुँजीबाट जुटाइने छ ।

जिल्लाको धौलागिरि नगरपालिकामा प्रस्तावित आयोजना दैनिक ४ घण्टा पूर्ण क्षमतामा चलाउन मिल्ने गरी पिआरओआरको रूपमा विकास गर्न लागिएको हो । कुल ३३० मिटर हेड रहने आयोजनाबाट वर्षायाममा १४.४१ र सुख्खायाममा ७.६७ गरी वार्षिक औसत २२.०८ गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको विद्युत् बिक्रीका लागि २०७९ साल चैत ११ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) भएको थियो । करिब १० किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरी आयोजनाको विद्युत् १३२/३३ केभीको डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३