विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको गोरखा जिल्लामा ९.५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । रिज लाइन इनर्जी कम्पनीले आयोजना अघि बढाउन लागेकोे हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्यययन रिपोर्टका आधारमा अनुमतिपत्र दिने तयारी गरिएको छ । विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सरोकारवालासँग राय/सुझाव मागेको छ ।

सरोकारवालसँग सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव माग गरिएको विभागले जनाएको छ । विभाग वा कम्पनीको कार्यालयमा प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवालासमक्ष आग्रह गरिएको छ ।

आयोजनाको बाँधस्थल दुधपोखरी गाउँपालिकाको बायाँ र अजिरकोट गाउँपालिकाको दायाँमा र विद्युतगृह ओलाङ गाउँपालिका नजिकै रहने कम्पनीले जनाएको छ । बाँधस्थलदेखि पानी १ हजार १ सय ३७ मिटर लामो हेडरेस पाइप र १ हजार १ सय ९५ मिटर लामो हाइ स्ट्रेन्थ स्टील हुँदै विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा जोडिएको ४.७६६ मेगावाट क्षमताको २ वटा टर्वाइनसंँग जोडिएको २ वटा ३ फेज जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजना निर्माण सम्पन्न गरी २०७९ भदौबाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । यस आयोजनाबाट वार्षिक सरदर ५३.७१ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । उत्पादीत विद्युत ३३ केभी प्रसारण लाइन हुँदै ३० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको मार्कीचोक सबस्टेसनमा जोडिनेछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit