विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सूदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसिनमा निर्माणाधीन १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजना ८० प्रतिशत पूरा भएको छ । बुङ्गल हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।

बाँध क्षेत्रका सबै सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीका सञ्चालक पुष्प चित्रकारले बताए । उनका अनुसार मुख्य सुरुङ पनि खनेर सकिन लागेको छ । २ हजार ८ सय १२ मिटर लामो मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ ।

‘कमजोर भौगोलिक अवस्थाका कारण सुरुङ खन्न धेरै समय लाग्यो’ उनले ऊर्जा खबरसँग भने, ‘आयोजनामा जडान हुने २ हजार ३ सय मिटरमध्ये ८ सय मिटर पाइप बिछ्याउने काम सकिएको छ । बाँकी कात्तिकभित्र पूरा गर्ने लक्ष्य छ ।’

विद्युतगृहमा पनि सिभिल संरचनाको काम पूरा भएको उनले बताए । अहिले इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम धमाधम भइरहेको छ । विद्युतगृहमा जडान हुने सबै इलेक्ट्रोमेकानिकल उपकरण आयोजनास्थलमा पुर्याइएको छ ।

आयोजनाको सबै काम पूरा गरी २०७८ माघ पहिलो सातादेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । २०७५ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाबाट २०७७ जेठमा नै विद्युत उत्पादन हुनुपर्ने गर्ने थियो । याे तालिकामा विद्युत उत्पादन सम्भव नभएपछि २०७७ मंसिरमा सर्याे । याे तालिकामा पनि आयोजनाले विद्युत उत्पादन गर्न सकेन । 

नयाँ तालिका अनुसार विद्युत उत्पादन सुरु हुन अझै ६ महिना लाग्ने भएकाे छ ।  विविध कारणले आयोजनाको निर्माण प्रभावित हुँदा विद्युत उत्पादन तालिका धकेलिँदै आएको छ ।

आयोजना स्थल दुर्गम क्षेत्रमा पर्दछ । निर्माण सामाग्री ढुवानी तथा प्रतिकुल मौसमको प्रभाव आयोजनाको निर्माणमा पर्दै आएको छ । पछिल्लो समयमा कोभिड–१९ महामारीका कारण कामदार तथा कर्मचारी नै संक्रमित हुँदा तथा निषेधाज्ञाका कारण पनि निर्माण प्रभावित हुँदा लक्ष्यअनुसार प्रगति हुन नसकेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कालंका बेसिनमा एउटै समूहले छुट्टा छुट्टै कम्पनीमार्फत ११ अर्ब रुपैयाँ लागतका साढे ६४ मेगावाटका आयोजना निर्माण गरिरहेको छ ।

माथिल्लो सानीगाडसँगै ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १५.३३ मेगावाटको कालंगागाड निर्माणाधीन छन् । सबै आयोजनाको काम अन्तिम चरणमा पुगको छ । यी आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ४० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit