विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

र्जा सुरक्षा विश्वभर सबैको चासो र चिन्ताको विषय बनेको छ । ऊर्जा सुरक्षा राष्ट्रिय सुरक्षा, स्वाधिनता र विकास निर्माणसँग प्रत्यक्ष जोडिएको हुँदा रणनीतिक र सामरिक अर्थ पनि राख्ने हुन्छ । अझ, ऊर्जा सुरक्षा मानिसका आधारभूत आवश्यकतासँग प्रत्यक्षरूपमा जोडिएको हुँदा यसको महत्त्व धेरै छ, जुन दिन प्रतिदिन बढ्दै गएको छ ।
ऊर्जा सुरक्षा के हो ?

ऊर्जामा बढी आत्मनिर्भर हुनु नै ऊर्जा सुरक्षा, परनिर्भर हुनु असुरक्षा हो । पेट्रोलियम उत्पादक राष्ट्रहरू तुलनात्मकरूपमा ऊर्जामा बढी आत्मनिर्भर छन् (दीर्घकालीन नभए पनि),  भने औद्योगिक एवम् र प्राकृतिक साधन स्रोत परिचालन गर्न नसकेका राष्ट्रहरू परनिर्भर छन् । नेपालको ऊर्जा परनिर्भरता व्यापक छ । ऊर्जा असुरक्षाका केही उदाहरणहरू हेरौँ :

१. भारतले नेपालमा अघोषित नाकाबन्दी गरी विशेषतः इन्धन (पेट्रोल, डिजेल, ग्यास) को आपूर्ति नियन्त्रित गर्दा नेपालीको दैनिकीमा व्यापक असर पर्‍यो । आर्थिक गतिविधि संकुचित भए, जुन नेपालको व्यापक ऊर्जा परनिर्भरताको कारण हो ।

२. मध्यपूर्व तथा रसिया–युरोप तनाव हुँदा विशेषतः पेट्रोलियम पदार्थको मूल्य बढ्ने र त्यसले विश्वव्यापी जीवनयापनमा व्यापक असर पार्छ । आयातित पेट्रोलियम पदार्थमा निर्भर राष्ट्रहरू बढी प्रभावित हुन्छन् ।

३. नेपालमा लोडसेडिङ नयाँ होइन । घोषित–अघोषितरूपमा धेर–थोर छँदैछ । यसरी,  लोडसेडिङ हुँदा उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्र सबै प्रभावित हुनुका साथै मानिसको दैनिकी कष्टकर र महँगो भएको छ । आर्थिक तथा मानव विकास संकुचित हुँदैछ ।

आर्थिक विकास तथा मानव विकासका लागि ऊर्जा आधारभूत आवश्यकता भएको हुँदा ‘ऊर्जा सुरक्षा’ राष्ट्रको प्राथमिकता हो/हुनुपर्छ ।

ऊर्जा सुरक्षा कसरी ?

प्रत्येक राष्ट्रका आ–आफ्ना विशेषता हुन्छन् । सोही अनुरूप ऊर्जाका आ–आफ्नै स्रोत, साधन र मागका प्रकृति हुन्छन् । साउदी अरेबिया, रसिया लगायत देश खनिज÷पेट्रोलियम पदार्थमा धनी छन् । जुन, उनीहरूको आन्तरिक मागभन्दा निकै बढी भएकाले निर्यातसमेत गर्छन् ।

त्यसैगरी, अस्ट्रेलिया, इन्डोनेसिया लगायत देश कोइला (खनिज) मा धनी छन् । नेपाल, भुटान, ब्राजिलजस्ता देशमा भौगोलिक अवस्थाका कारण जलविद्युत्‌काे सम्भाव्यता राम्रो छ । केही राष्ट्रहरू सौर्य ऊर्जामा सबल छन् भने कतिपय राष्ट्रहरू वायु ऊर्जामा । ऊर्जामा परनिर्भरता राष्ट्रिय सुरक्षाका लागि चिन्ताको विषय हो । यसमा आत्मनिर्भर हुन नसके पनि अन्तरनिर्भरताको मार्ग अवलम्बन गर्नु राष्ट्रिय सुरक्षाका लागि जरुरी भइसक्यो ।

प्रत्येक राष्ट्रका आ–आफ्ना विशेषता अनुसार ऊर्जाका फरक स्रोत र मागका प्रकृति हुन्छन् । यी फरक स्रोतहरूका भिन्न–भिन्न विशेषता हुने हुँदा ऊर्जाको एकमात्र स्रोतमा निर्भर हुनु व्यवहारिक हुँदैन । महँगो पनि पर्छ । अझ, ऊर्जाको स्रोतमा समस्या भए समग्र आपूर्ति प्रणाली नै बिथोलिन्छ । यसको गम्भीर असर ऊर्जा सुरक्षामा पर्छ ।

जस्तैः पेट्रोलियम पदार्थमा भारतमाथिको निर्भरता र ग्रिडमा नदी प्रवाही (आरओआर) जलविद्युत्को बाहुल्यताले गर्दा सुख्खायाममा ऊर्जा संकट र वर्षायाममा ऊर्जा खेर जाने अवस्था छ । यसको व्यवस्थापनमा समस्या हुँदा दंगा भड्किएका, सरकार ढलेका, व्यवस्था फेरिएका, सयौंले ज्यान गुमाएका विश्वव्यापी थुप्रै उदाहरणहरू छन् ।

माग र आपूर्तिको प्रकृतिले गर्दा नेपालको ऊर्जा व्यवस्थापन जटिल छ । ग्रिडमा आरओआर जलविद्युत्को बाहुल्यता, सुख्खायाममा र वर्षायाममा जलविद्युत् उत्पादनमा व्यापक उतारचढाव, घरायसी प्रयोग उच्च हुँदा दैनिक उच्च र न्यून मागको खाडल ठूलो हुनु, व्यवस्थित ग्रिड, प्रसारण र भण्डारण प्रणालीको अभावजस्ता कारणले ग्रिड सञ्चालन कठिन छ ।

ग्रिड बाहिर, दाउरा लगायत परम्परागत ऊर्जाका स्रोत र परम्परागत प्रयोग–विधिले वातावरण प्रदूषण वढाउनुका साथै मानव स्वास्थ्यमा नकरात्मक असर पारेको छ । सवारी साधन चलाउन, खाना पकाउन, उद्योग र निर्माण परियोजना आदिमा खनिजयुक्त पेट्रोल, डिजेल, एलपिजी ग्यास र कोइलाको प्रयोग उत्तिकै छ । जसले, वातावरण प्रदूषण बढाउँदैछन्, ऊर्जा परनिर्भरता बढाउँदैछन् । यतिले पनि नपुगेर हामी सुख्खायाममा विद्युत् आयात गरी आपूर्ति व्यवस्थापन गर्दैछौँ । फलतः व्यापार सन्तुलन खल्बलिँदैछ, ऊर्जा संकट निम्तिँदैछ, ऊर्जा सुरक्षा हृास हुँदैछ ।

नेपालको ऊर्जा सुरक्षाका लागि ऊर्जाका स्रोतहरूमा विविधिकरण पहिलो कदम हो । यसरी ऊर्जाका स्रोतहरू विविधिकरण गर्दा स्थानीय स्रोतहरूलाई प्राथमिकता दिनुपर्छ । जलाशययुक्त जलविद्युत् तथा देशभर छरिएका सौर्य आयोजना र केही ब्याट्री स्टोरेज (सानो/घरायसी र ठूला) ऊर्जा सुरक्षाका लागि अत्यावश्यक छन् । जलाशय जलविद्युत् आयोजना निर्माणमा लामो समय लाग्ने र सामाजिक एवम् वातावरणीय असर व्यवस्थापनसमेत चुनौतीपूर्ण हुने हुँदा हालको प्राथमिकतामा देशभर छरिएका सौर्य आयोजना र केही ब्याट्री स्टोरेज (सानो/घरायसी र ठूला) हुनुपर्छ ।

सौर्य ऊर्जा किन महत्त्वपूर्ण ?

सौर्य ऊर्र्र्जा सूर्यको प्रकाशसँगै उत्पादन गर्न सकिने हँदा सर्वव्यापी छ । ग्रिड पुगेका ठाँउमा जोड्न र नपुगेका ठाँउमा स्थानीय आवश्यकता पूर्ति गर्न छोटो समयमै जडान गर्न सकिन्छ । दिउँसो उत्पादित सौर्य ऊर्र्र्जालाई स्थानीयरूपमा भण्डारण गरी राती र केही दिनपछि प्रयोग गर्न सकिन्छ । यसरी, भण्डारण गर्न अतिरिक्त खर्च भने लाग्छ । अझ, नेपालजस्तो जलविद्युत्मा अत्याधिक निर्भर रहेको देशमा सुख्खायाम वा बाढी–पहिरो, भूकम्प लगायत प्राकृतिक विपत्तिको बेलामा सौर्य ऊर्जा अत्यन्तै उपयोगी हुन्छ ।

महत्त्वपूर्ण त के छ भने सौर्य ऊर्जा महँगो छैन, हाम्रो आफ्नै घर, कारखाना, कार्यालय, स्कुल, अस्पताल आदिको छानामा सोलार प्यानल राखेर उत्पादन गर्न सकिन्छ । यो नवीकरणीय हुनुका साथै ऊर्जाको माग हुने ठाउँ वा त्यसको नजिक उत्पादन गर्न सकिने हुँदा ग्रिड सञ्चालन/सन्तुलनमा सहयोगी हुन्छ । साथै, ऊर्जा खेर जाने समस्या (transmission and distribution losses) कम गर्न अझ महत्त्वपूर्ण हुन्छ । कुनै प्राकृतिक विपत्ति वा दुर्घटनाले केही दिन ग्रिड बन्द भए पनि सौर्य ऊर्जाले हाम्रा न्यूनतम आवश्यकता पुरा गर्न सक्छ ।

(नवीकरणीय ऊर्जा विकासमा सक्रिय लेखक सिम्पल इनर्जी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हुन्)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit