विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सिजी फुड्स नेपाल प्रालि अन्तर्गतको प्रसिद्ध खाद्य ब्राण्ड वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले वाइवाइ चाउचाउको गुणस्तरको विषयमा भ्रामक सन्देश फैलाउनेलाई कानुनी कारबाही हुने चेतावनी दिएका छन् । केही समययता वाइवाइको गुणस्तरबारे फैलाइएका सन्देश तथ्यहीन र भ्रामक रहेको उनको भनाइ छ । 

‘वाइवाइ चाउचाउका विषयमा आधारहीन, भ्रामक र तथ्यहीन कुराहरू लेख्ने, बोल्ने र भिडिओ बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैरकानुनी कार्य हो,’ उनले भने, ‘यस्तो कार्य गर्नेहरूविरुद्ध प्रचलित कानुनअनुसार कारवाही हुने छ ।’

चौधरी ग्रुप (सिजी) ले करिब चार दशक वाइवाइ चाउचाउ उत्पादन गर्दै आएको छ । यसमा निहित स्वाद र गुणस्तरका कारण यो एसियाली मुलुकहरूमा मात्र नभई विश्वका धेरै खाद्यबजारमा लोकप्रिय हुँदै गएको उनको भनाइ छ । तर, केही दिनयता यसको गुणस्तरबारे भ्रम फैलाउने कोसिस भइरहेकोले कानुनी कारबाही हुने उनको चेतावनी छ । 

सिजीका अनुसार ललितपुरको भैंसेपाटीस्थित इकाइबाट उत्पादन सुरु भएको वाइवाइ नेपाली उपभोक्ताहरूका रोजाइमा परेको छ । सिजीका अनुसार आज यसको उत्पादन पाँच देशहरूबाट भइरहेको छ भने विश्वका ३५ भन्दा बढी देशहरूका खाद्यबजारमा बिक्री हुन्छ ।

विश्वव्यापी रूपमा वाइवाइ इन्स्ट्यान्ट नुडल्सको वृद्धि हुनुका पछाडिको प्रमुख कारण यसको गुणस्तर नै रहेको सिजीको दाबी छ । सिजीले हरेक वर्ष यसको गुणस्तरमा थप परिस्कृत गर्दै लगेको पनि प्रस्ट पारेको छ ।

सिजीका अनुसार कच्चा सामान फ्याक्ट्री पुग्नुअघि नै गुणस्तरमा ध्यान दिँदै आपूर्ति गरिएका सामग्रीको गुणस्तर मापदण्ड परीक्षण गरिन्छ । यसरी अनिवार्य परीक्षण नगरेका सामग्री फ्याक्ट्रीमा जाँदैनन् । ‘प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ, जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ,’ सिजीका एक गुणस्तर परीक्षण अधिकारीले भने, ‘दक्ष अपरेटरहरू र कर्मचारीहरूले प्रत्येक प्रक्रिया प्यारामिटरमा परिभाषित मापदण्ड र एसओपी अनुसार छरछैन सुनिश्चित गर्छन् ।’

प्यारामिटरहरू निर्दिष्ट अन्तराल (स्पेसिफाइड इन्टरभल) मा रेकर्ड गरी सिफ्ट क्वालिटी तथा प्रोडक्सन इन्चार्जले निगरानी गर्ने पनि ती अधिकारीले बताए । कुनै त्रुटी देखिएमा तुरुन्तै वा आवश्यक भएमा सुधारका लागि सम्पूर्ण प्रक्रिया नै रोकिने उनको भनाइ छ ।

गुणस्तर जाँचका लागि विभिन्न बिन्दुहरू हुने र ती अन्तिम उत्पादन मानक अनुसार भए नभएको सुनिश्चित गरिने सिजीले जनाएको छ । उत्पादनहरू बजारमा पठाउँदा अन्तिम गुणस्तर निरीक्षणको लागि (र्‍यान्डम्ली) नमुना संकलन गरी प्रत्येक ब्याच नम्बर भविष्यका लागि रेकर्ड गरिने पनि जनाइएको छ ।

सिजीसँग ७० भन्दा बढी योग्य फूड टेक्नोलोजिस्टहरू रहेको र प्रत्येक उत्पादनले गुणस्तर मापदण्ड पूरा गरे–नगरेको सुनिश्चित गरिन्छ । निर्माण इकाई प्रयोगशाला, आरएन्डडी र केन्द्रीय सुपरल्याब गरी गुणस्तर प्रणालीमा तीन तहबाट गुणस्तर मापन हुने सिजीले जनाएको छ ।

यसैगरी, फ्याक्ट्रीबाट बजारमा पठाएको सामानमा गुणस्तर रहे वा नरहेको परीक्षण गर्न नमुना समेत लिने गरिएको बताइएको छ । बजारको सामानमा कुनै सुधार वा परिमार्जन आवश्यक परेमा सो कार्य आरएन्डडी मार्फत गरिने पनि कम्पनीको भनाइ छ ।

यी प्रक्रियाहरू बाह्य प्रसिद्ध प्रमाणीकरण एजेन्सीहरूमार्फत खाद्य–सुरक्षा व्यवस्थापन प्रणाली र गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणित अनुसार पूरा हुने जनाइएको छ । हाल सिजीको वाइवाइ अमेरिका, युरोप, जापान, अष्ट्रेलियादेखि पश्चिमी राष्ट्रहरूमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit