विद्युत अपडेट

  • प्राधिकरण : ४६३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : २४६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९५१ मे.वा.घन्टा
  • आयात : १५०६३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४०१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३२ मे.वा.
२०८० फाल्गुण २१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । हाल नेपालमा लोडसेडिङ अन्तसँगै नेपाल विद्युत प्राधिकरण अन्तर्गतका हरेक वितरण केन्द्रहरूको टाउको दुखाइको विषय बनेको छ, जनसाधारणको प्रश्न बत्ती कहिले आउछ ? प्रश्न गर्नु स्वाभाविक नै हो । तर, प्रश्नले मात्रै समस्याको सामाधान हुँदैन ।

एकछिन बत्ति निभ्न पाएको हुदैन, प्राधिकरण अन्तर्गतका नो लाइटमा रहेका फोनमा घन्टीकाे ओइराे लागेको हुन्छ । बत्ती के भयो ? कति खेर आउछ ? कहाँ गयो ? कति समय लाग्छ ? कहाँ के भएको हो ? बत्ती किन काटेको हो ? लोडसेडिङ गर्न थालेको हो ? बत्ती छिटो पठाउनु त ।

बत्ती जाने कारणहरू

१. वितरण लाइन, वितरण ट्रान्सफर्मर आदिमा समस्या आए वा अपग्रेड गर्नुपर्ने भएमा : सबस्टेसनबाट निस्केको ११ के.भी.को वितरण लाइन (फिडर) मा ठाउँ-ठाउमा वितरण ट्रान्सफर्मरहरू राखी ४००/२३० भोल्टका लाइन तानी ग्राहकको घर-घर विद्युत् पुर्याइएको हुन्छ । बत्ती जाने कारणहरूमध्ये सबभन्दा बढी कारण यसै वितरण लाइन तथा उपकरणबाट हुन्छ । तर, यी लाइनमा समस्या हुँदा कुनै क्षेत्र विशेषमा मात्र बत्ती हुँदैन ।

वितरण लाइन तथा उपकरणमा हुने सामान्य समस्याहरू यसप्रकार छन् :

क. कसैको घरको सर्भिस कनेक्शनमा समस्या आए सो घरमा मात्रै बत्ती हुँदैन ।

ख. एल.टि. लाइन (४००/२३० भोल्ट) को कुनै फेजको तार चुडिएमा सो लाइनमा चुडिएको तार पछि सर्भिस कनेक्शन भएका घरहरूमा बत्ती हुँदैन ।

ग. वितरण ट्रान्सफर्मरको एलटी लाइन साइड मा MCCB ट्रिप हुने वा Fuse जाने हुन सक्छ । यो समयमा त्यो transformer बाट सप्लाई भएका ग्राहककोमा लाइन हुँदैन । यस्तो भए विद्युत् अफिसमा जानकारी गराउँ ।

घ. वितरण ट्रान्सफर्मरको एच.टि .(११ के.भी.) साइडको फ्यूज गएमा । यस्तो बेलामा कतिवटा फ्यूज गएको छ सोही अनुसार बत्ती कुनै घरमा मधुरो त कुनैमा राम्रै वा नहुन पनि सक्छ । यस्तो भए विद्युत् अफिसमा जानकारी गराउँ ।

ङ. ११ के.भी. लाइनको जम्पर आउट भएमा वा त्यसमा रहेका पिन वा डिक्स इन्सुलेटर फुटेमा /पञ्चर भएमा वा कुनै ठाउँमा तार चुडिएमा वा कतै पोल भाँचिएमा वा कतै रुखका हाँगा लागेमा सो फिडरमा रहेका ग्राहकहरूमा बत्तीको समस्या आउँछ ।

च. वितरण ट्रान्सफर्मर जलेमा उक्त एरियामा लाइन हुँदैन र जलेको ट्रान्सफर्मरको ठाउँमा अर्को ट्रान्सफर्मर राख्ने बेलामा उक्त फिडरबाट सप्लाई भएका सबै ग्राहकको लाइन काटिएको हुन्छ ।

छ. विद्युत् माग बढ्दै गएअनुसार ११ के.भी. एल.टी . लाइन तथा ट्रान्सफर्मरहरूको क्षमता बृद्धि गर्नुपर्दा लाइन बन्द गर्नूपर्ने हुन्छ । यस्तो बेलामा पनि सम्बन्धित फिडर वा सम्बन्धित ट्रान्सफर्मरहरूको लाइनमात्र बन्द हुन्छ ।

ज. कतै वा कसैका घरमा आगलागी भएमा दुर्घटनाबाट जोगिन सम्बन्धित फिडर नै बन्द गर्नुपर्ने हुन्छ । र, सो ठाउमा कर्मचारी नपुगुञ्जेलसम्म बत्ती बन्द नै हुन्छ ।

झ. एच.टी. लाइनमा काग, चमेरो जस्ता चराहरू बसेर लाइन सर्ट गराउँदा फिडर ट्रिप वा तार चुडिने गर्छ । त्यस्तो समयमा घटनास्थलमा पुगी समस्या सामाधान गरेमा लाइन चालु हुन्छ ।

२. हुरी बतास/पानी परेको बेलामा : प्रायः जसो पानी वा सामान्य हावा आएकोे बेलामा लाइन बन्द गरिँदैन् । तर, पानी परेका कारण कतै पोल ढलेमा वा पानीको कारण बाँस वा रुखका हाँगाहरूले लाइनलाई छाेएमा लाइन फल्ट भई ट्रिप हुन्छ । र, त्यो फल्ट नबनाउन्जेलसम्म बत्ती आउँदैन् । हुरी बतास आएको बेलामा दुर्घटनाबाट बच्न लाइनहरू बन्द गरिएकाे हुन्छ । हुरी बतास बन्द भएपश्चात यसबाट भएको क्षति निरीक्षण गरी बिग्रेका लाइन मर्मत संभारपश्चात मात्रै लाइन चालू गरिन्छ । यस्तो बेलामा हुरी बतासले पुर्याएको क्षतिपूर्तिको अवस्था हेरी लाइन आउने समय भन्न सकिन्छ । सामान्य अवस्थामा पनि पानी परेको बेला लाइन ट्रिप हुने गर्छ ।

३. सिस्टम ट्रिप/फेल भएमा : सिस्टम भनेको राष्टिय प्रसारण लाइन (विधुतको मेरुदण्ड) हो जहाँ पावरहाउसबाट आएका लाइनहरू र पावर ग्रिडमा गएका लाइनहरू जोडिएका हुन्छन् । यसलाई नेशनल ग्रिड पनि भनिन्छ । एक्कासी विद्युत् खपत कम वा बढी भएमा सिस्टम ट्रिप हुन्छ । यस्तो बेला कतै पनि बत्ती हुँदैन र सिस्टम रिकभर हुन लगभग एक घाटा जति लाग्न सक्छ ।

४. राष्टिय प्रसारण लाइनमा समस्या आएमा वा मर्मत संभार गर्नुपरेमा : कहिलेकाहीँ राष्टिय प्रसारण लाइनको तार चुडिएमा वा डिस्क इन्सुलेटर बिग्रेमा पनि सिस्टम ट्रिप हुन्छ । यस्तो केसमा जुन सेक्सनमा समस्या आएको हुन्छ, त्यसलाई छुट्याई बाँकी लाइन सूचारु गरिन्छ । र, समस्या आएको सेक्सनको उचित मर्मत संभारपश्चात मात्रै लाइन सूचारु हुन्छ । यदि, तपाई समस्या आएको सेक्सनमा पर्नुभएको छ भने त्यहाँ समस्याको प्रकृति हेरी विद्युत् सुचारु हुन २ घण्टा देखि एक दूई दिन पनि लाग्न सक्छ ।

५ . ग्रिड स्वस्टेशन रहेका उपकरणहरुका मर्मत संभार वा अपग्रेड गर्नू पर्ने भएमा : पावरहाउसवाट उत्पादन भई आएको विद्युत्लाइन प्रसारण लाइनमार्फत पावर ग्रिडमा आउछ । र, त्यहाँ भोल्टेजलाई उचितस्तरमा डाउन गरी ११ के.भी., ३३ के.भी. र ६६ के.भी. का फिडरमार्फत ग्राहक कहाँ पुर्याइन्छ।

ग्रिड सबस्टेसन पावर ट्रान्सफर्मरसहित कन्ट्रोलिङ्ग तथा मिटिरिङ उपकरणहरु हुन्छन् । विद्युत् खपतको मागसँगै सबस्टेसनभित्रका उपकरणहरूलाई समय समयमा अपग्रेड गर्नुको साथै समय समयमा ती उपकरणहरू मर्मत संभार पनि गर्नुपर्ने नै हुन्छ । ग्रिड वा सबस्टेशनमा गरिने यी कामहरू बत्ती ननिभाई गर्न सम्भव हुँदैन । यस्तो बेलामा ती सबस्टेसनबाट प्रसारण भएको क्षेत्रमा बत्ती हुँदैन । काम र समस्याको प्रकृति अनुसार बत्ती कति खेर आउछ भन्न सकिछ ।

बत्ती गएको बेला कर्मचारीहरू के गरिरहेका हुन्छ त ?

प्राधिकरण वितरण केन्द्रका कर्मचारीहरू सिफ्टअनुसार नो लाइट/मर्मत संभार डियुटीमा खटिएका हुन्छन् । नो लाइटमा रहेको इमर्जेन्सी फोनबाट ग्राहकहरूले टिपाएका समस्याहरू कम्प्लेन रजिस्टरमा टिपेर सोको सामाधानमा खटिएका हुन्छन् ।

११ के.भी. लाइन फल्ट /ट्रिप भएको बेलामा सबस्टेसनमा रहेका कर्मचारीले जानकारी गराएपछि मात्रै नो लाइटका कर्मचारीहरूले थाहा पाउँछन् । र, उनीहरू लाइन फल्ट भएको स्थान पत्ता लगाउन जान्छन् । जसलाई हामी लाइन पेट्रोलिङ भन्छौं । फल्ट पत्ता लगाई पोलमा चढी लाइन मर्मत गरी लाइन चालू गर्ने काम गर्छन् ।

यस्तो बेलामा तार चुडिएको वा पोल ढलेको वा इन्सुलेटर पड्की फुटेको/पञ्चर भएको जानकारी नजिकको ग्राहकले गराएमा कर्मचारीहरू सो स्थानमा पुगी मर्मत संभार गरी छिटो लाइन सुचारु गर्न सकिन्छ । कसैको घरको लाइनमा, एल.टि . लाइनमा, वितरण ट्रान्सफर्मरमा समस्या आई बत्ती नबलेको जानकारी सम्बन्धित ग्राहकहरूले जानकारी नगराउन्जेलसम्म कर्मचारीहरुलाई थाहा हुँदैन ।

यस्तो बेलामा ग्राहकहरूले गराएको जानकारी अनुसार कर्मचारी फिल्डमा गई निरीक्षण गरी समस्या सामाधानपश्चात बत्ती बल्छ । ११ के.भी. तथा ४०० /२३० भोल्ट लाइनमा रहेका इन्सुलेटरहरू फुट्नु वा पन्चर हुनू र सो इन्सुलेटर पत्ता लगाउन लाग्ने समयको ठेगान नहुँदा बत्ती आउने समय भन्न सकिने अवस्था हुँदैन ।

बत्ती छैन भने ग्राहकले के गर्ने ?

१. सामान्य अवस्थामा लाइन ट्रिप मात्र भएको छ भने ५ मिनेटपछि लाइन आउँछ । कम्ती मा ५ मिनेट लाइन आउन्जेल कुर्नुपर्ने हुन्छ ।

२. बत्ती जाने कारणहरू थाहा पाइसकेपछि बत्ती गयो भने के गर्ने त ? त्यसका लागि सबभन्दा पहिले निम्न कूराहरु पत्ता लगाएर मात्रै सम्बन्धित नो लाइटको फोनमा फोन गरेर कर्मचारीसँग सम्पर्क गर्नुपर्छ ।

३. आफ्नो घरमा बत्ती छैन तर छिमेकीको घरमा बत्ती छ भने घरमा जडान रहेको विद्युत् मिटर , एमसीबी, सर्भिस केबल चेक गर्ने र समस्या देखिएमा नजिकको नो लाइटमा फोन गरी कम्प्लेन लेखाउने ।

४. केही घरमा बत्ती हुने र केही घरमा बत्ती नहुने वा बत्ती डिम भएमा वितरण ट्रान्सफर्मरको फ्यूज वा कतै लाइनको जम्पर गएको हुन सक्छ । यस्तो बेला पनि नजिकको नो लाइटमा सम्पर्क गरेर जानकारी गराउने ।

५. गाउँ वा टोलमै बत्ती छैन भने अर्को टोल वा गाउँमा बत्ती छ कि छैन पत्ता लगाउने । अर्को टोल वा गाउँमा पनि बत्ती छैन भने केही समय प्रतीक्षा गरेर बस्नु । कर्मचारीहरूले कतै न कतै कुनै समस्या सामाधान गरिरहेका हुन्छन् र बत्ती आउछ । यस्तो बेलामा फोन गरिराख्नु पर्दैन ।

६. वरिपरि कतै बत्ती बलेको देख्नु भएको छैन भने लाइन सटडाउन वा मर्मत संभार भइरहेको हुन्छ र सटडाउन फिर्ता वा मर्मत संभारपश्चात बत्ती आउँछ । यस्तो बेलामा फोन गरिराख्नु पर्दैन ।

७. हावा हुरी/पानी परेको बेलामा बत्ती गएको छ भन्ने हावा हूरी/पानीपश्चात लाइनमा कुनै समस्या छैन भन्ने बत्ती आउछ । यदि, समस्या छ भन्ने सामाधानपश्चात मात्र बत्ती आउँछ । यस्तो बेलामा आफू वरिपरि लाइनमा केही समस्या देखिएको छ भन्ने तुरुन्तै सम्बन्धित नो लाइटमा सम्पर्क गरी जानकारी गराउने ।

विद्युतीय संरचना र बत्ती निभ्ने समस्याबारे पक्कै पनि धेरै कुरा थाहा पाउनुभयो होला । कार्यालय वा नो लाइटमा अनावश्यक फोन गर्दा कर्मचारी तनाबमा मात्रै हुँदैनन् कि फोनको ट्राफिक जामले गर्दा अति आवश्यक फोन कलहरू समेत समयमा आउन सकेका हुदैनन् । जसले गर्दा कतै दुर्घटना निम्तिइरहेको हुन्छ, भनेकै समयमा काम गर्न सकिएकाे हुँदैन ।

त्यसैले विद्यूत् कार्यालय वा नो लाइटहरूमा बत्ती गएको बेला फोन गर्नुअघि माथि उल्लेखित कुराहरू मनन गर्नुभयो भन्ने पक्कै तपाईको पैसा र समयको बचत हुन्छ । साथै, कर्मचारीहरूको तनाब घट्नुका साथै समस्याकाे सामाधान समयमै हुन सक्छ ।

लाइन गएको बेला विद्युत् अफिसको फोन किन धेरै व्यस्त हुन्छ ?

१. लाइन नभएको बेला सबै जानाले एकै पटक फोन गर्दा ।

२. नो लाइटका कर्मचारीले फिल्डमा भएका कर्मचारीलाई सम्पर्क गर्दा पनि फोन व्यस्त हुने गरेको छ ।

त्यसो भए समाधान के त ?

१. प्राधिकरणले मोबाईल एप्स “Nepal Electricity Authority” सञ्चालनमा ल्याएको छ । सो एप्स मा “Post Complain” मा गई आफ्नो समस्या घरमै बसेर राख्न सक्नु हुनेछ । बिद्युत् अफिसले समस्या समाधान गर्नेछ ।

२. सम्बन्धित आफिसको Facebook page मा गई आफ्ना समस्याहरू पोस्ट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit