विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । वैदेशिक राेजगारीमा गएका नेपालीहरूकाे कमाइ (रेमिट्यान्स) लाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जलविद्युत् क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

साेमबार सम्पन्न लगानी सम्मेलनऽ २०२४ का क्रममा 'रेमिट हाइड्रो’ आयोजनामा  लगानी गर्न उक्त समझदारी भएकाे हाे । ऊर्जाऽ जलस्राेत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको रोहवरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र एनसीसीका अध्यक्षहरूबीच सम्झौता भएको ५ । यसमा कतार, युएई, बहराइन, जापान, ओमन, मलेसिया र इराकका एनसीसीहरूको संलग्नता रहेको छ ।

जस अनुसार एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, यूएईका अध्यक्ष विकास शाही, बहराइनका अध्यक्ष राजुकुमार श्रेष्ठ, मलेसियाका अध्यक्ष विनोद थापा, इराकका अध्यक्ष विनोद श्रेष्ठ, साउदी अरबका अध्यक्ष रविना अर्याल र ओमानका अध्यक्ष विकल झा, कुवेतका अध्यक्ष रणध्वज लामा र जापानका महासचिव टिकाराम खरेलले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समाराेहमा मन्त्री बस्नेतले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने बाटो खुला भएको बताए । ‘रेमिट्यान्स रकमलाई अनुत्पादक क्षेत्रबाट उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति अनुसार यो सम्झौता भएको छ’, बस्नेतले भने, ‘नेपालको जलविद्युत् क्षेत्रको अभियानमा यो कोशेढुंगा हुनेछ।’

यसरी हुने लगानीमा ५१ प्रतिशत सरकारको हुने १० प्रतिशत स्थानीयको र ३९ प्रतिशत रेमिट्यान्स पठाउनेको हुने गरेर आयोजना अगाडि बढाउने तयारी भइरहेकाे उनले जानकारी दिए । यस्तै, एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत गौतमले वैदेशिक रोजगारीमा गएकाहरूको लागि आयोजना ल्याउने र त्यसमा सो रकम लगानी हुने बताए । अहिले भएकाे एनसीसीसँग सम्झौता छिट्टै कार्यान्वयनमा लगिने उनकाे भनाइ थियाे ।

यसैगरी, एनआरएनएका अभियन्ता आरके शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई उद्यमशील बनाउने योजना अनुसार यो सम्झौता गरिएको बताए । ‘उनीहरूको सानोभन्दा सानो रकम बचत गरेर देश विकासमा लगाउने र त्यो रकम भविष्यमा श्रमिक तथा रोजगारीमा गएकाहरूको लागि आयस्रोत हुनेछ’, उनले भने ।  उनले निरन्तर वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हकहितका लागि पहलकदमी लिँदै आएका छन् ।

कार्यक्रममा एनआरएन अभियन्ताहरू महेश श्रेष्ठ, नरेन्द्रबहादुर भाट, कुल आचार्य, राज रेग्मी र टिबी कार्कीको पनि सहभागिता थियो । सम्झौतापछि एनआरएनए अभियन्ता आरके शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको सानो रकम बचत गर्न र यसलाई देश विकासमा लगाउने बाटो खुलेको बताए ।

सम्झौताअनुसार एचआईडिसिएले रेमिट हाईड्रोको अवधारणा अनुरूप ताप्लेजुङ्ग जिल्लामा अघि बढाएकाे ७०.३ मेगावाटको सिङ्गबुवा खोला र ७७.५ मेगावाटको घुन्सा खोलाको सेयर लगानीमा कम्पनीको प्रतिबद्धता अनुरूप वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई सहभागी गराउने बताइएको छ ।

एचआइडिसिएलको अगुवाईमा विप्रेषण आप्रवाहको रकम जलविद्युत्‌मा लगानी गर्ने गरी रेमिट हाइड्रोको अवधारणा अघि सारिएको हो । जस अन्तर्गत आयोजनाको कुल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारमा गएकाहरूका लागि छुट्याउने गरी हाल दुई वटा आयोजना निर्माणको चरणमा छन् । विप्रेषण आप्रवाहको उपयोग गर्ने गरी विशेष प्रकृतिको ऋण उपकरणका माध्यमबाट ती र यस्तै प्रकारका आयोजनाहरूको लागि आवश्यक लगानी योग्य रकम जुटाउन सकिने सम्भावना रहेको बताइएको छ ।

त्यस्ता उपकरणहरूको सम्भावना पहिचान गरी कार्यान्वयनयोग्य ढाँचा तयार गर्न तथा त्यस विषयमा वैदेशिक रोजगारीमा संलग्न रोजगारहरूलाई सुसूचित गराउन वैदेशिक रोजगारहरूको प्रतिनिधित्व गर्ने आधिकारिक संस्थाहरूसँग एचआइडिसिएलले सहकार्य गर्नेछ ।

उल्लिखित आयोजनाहरूको ऋण लगानीका लागि वित्तीय सम्भाव्यता र प्रचलित कानुनको अधीनमा रही वैदेशिक रोजगार केन्द्रित विशेष प्रकृतिका ऋण उपकरणहरु जारी गर्ने, कम्पनीबाट ऋण वा शेयर लगानी भएका जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकाससँग सम्बन्धित आयोजनाहरूको उपयुक्त वित्तीय ढाँचा तयार गरी वैदेशिक रोजगारहरूलाई ऋण वा शेयर लगानी उचित अवसर प्रदान गर्ने पनि सम्झौतामा उल्लेख छ ।

यस्तैऽ एनआरएनएको तर्फबाट ७ एनसीसीहरुले वैदेशिक रोजगारका लागि कम्पनीले अघि बढाएका सेयर लगानी तथा विशेष प्रकृतिका ऋण उपकरणको सम्बन्धमा वैदेशिक रोजगारहरूलाई सुसूचित गराउने र बचतको आवश्यकता तथा त्यस्तो बचतको रकम नेपालमा लगानीको अवसर र सम्भावनाका सम्बन्धमा वैदेशिक रोजगारहरूलाई वित्तीय साक्षरता गराउने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit