विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले बिहीबार (भोलि) देखि साढे १३ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाका लागि सेयर निष्कासन गर्न लागिएको छ ।

स्थानीयले छिटोमा जेठ ५ गतेसम्म ढिलोमा जेठ २० गतेसम्म  आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीका लागि सेयर निष्कासन गरी बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको १९ लाख ५७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु खोला सञ्चालन गरिरहेकाे छ । आयोजनाको काम २०७६ मा पूरा भएर पनि १३२ केभी सोलु कोरिडोर तयार नहुँदा ३३ केभी लाइन मार्फत वैकल्पिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । अहिले लाइन निर्माण पूरा भएपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit