images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा माई हाइड्रो पावर लिमिटेडको उत्पादन आम्दानी घटेपछि खुद नाफा पनि घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा खुद नाफा घटेकाे हो । 

कम्पनीले साउनदेखि चैतसम्मको अवधिमा ३५ करोड ८२ लाख ३० हजार ५०२ रुपैयाँ नाफा आर्जन गरेको सार्वजानिक वित्तीय विवरणमा उल्लेख छ । गत वर्षको तुलनामा कम्पनीको नाफा घटेको देखिएको छ । गत वर्ष यही समयअवधिमा ४५ करोड ६० हजार ७ सय ७० रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस समयअवधिमा दुई जलविद्युत केन्द्र (२२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड) को विद्युत बिक्री गरी ६२ करोड ३ लाख ७० हजार ५ सय ५ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युत बिक्रीबाट हुने आम्दानी गत वर्षको तुलनामा घटेको हो ।  गत वर्ष यही समयअवधिमा ७४ करोड ४७ हजार रुपैया आम्दानी गरेको थियो । 

कम्पनीले अन्य स्रोतबाट पनि ६७ लाख ६७ हजार १ सय २९ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको २२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड जलविद्युत आयाृेजना सञ्चालनमा छन् । माई खोलाले २०७१ फागुनदेखि र माई क्यासकेडले २०७२ माघदेखि नियमित विद्युत उतपादन गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit