विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आर्थिक वर्ष २०७८/८९ मा १ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको छ । २०७७/७८ को तुलनामा गत आवमा सो नाकाबाट १०७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो ।

आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि ८६ अर्ब ३ करोड ३६ लाख रुपैयाँको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल, पेट्रोल/मट्टितेल र हवाई इन्धन आयात भएको थियो । गत आवमा १ खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख रुपयाँको ३२ लाख ९३ हजार ५ सय ३८ किलोलिटर इन्धन आयात भएकोे देखिएको छ ।

सो समीक्षा अवधिको तुलनामा ९१ अर्ब ८५ करोड ४१ लाख रुपैयाँ बढीको १७ लाख २ हजार ४ सय ५ किलो बढी इन्धन आयात भएको हो । गत आवमा डिजल ११ प्रतिशत, पेट्रोल २५ प्रतिशत, हवाई इन्धन २४८० प्रतिशतले आयात बढेको छ । यस्तै, मट्टितेलको आयात भने ३६ प्रतिशतले घटेको छ । इन्धनसँगै वीरगञ्जबाट खाना पकाउने ग्यासको आयातसमेत बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए ।

उनका अनुसार आव २०७७/७८ मा वीरगन्ज नाकाबाट १९ अर्ब ८१ करोड २८ लाख रुपैयाँको २ लाख २९ हजार २ सय १६ मेट्रिक टन ग्यास आयात भएको र गत आवमा ३५ अर्ब १९ करोड ७४ लाख रुपैयाँको २ लाख ८४ हजार ८ सय २४ मेट्रिक टन ग्यास आयात भएको गुप्ताले बताए ।

वीरगन्ज नाकाबाट आयात हुने इन्धनबाट समीक्षा अवधिमा ४६ अर्ब १४ करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा ४४ अर्ब २ करोड २८ लाख रुपैयाँ बढी राजस्व संकलन थरेको छ । अर्थात ९० अर्ब १६ करोड ६९ लाख राजस्व सङ्कलन भएको गुप्ताले थपे । गत आवमा इन्धन आयातबाट सङ्कलित राजस्वमा पनि ९५.४० प्रतिशतले वृिद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit