विद्युत अपडेट

  • प्राधिकरण : ९९५२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३१८२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५६३९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४३ मे.वा.
२०८३ साउन २०, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण लाइन पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

​काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् कटौती, मर्मत सम्भार तथा सेवा अवरोधसम्बन्धी पूर्वसूचना छिटो-छरितोरूपमा सिधै र ग्राहकसम्म पुर्‍याउन 'अनलाइन केवाइसी (ग्राहक पहिचान)' सेवा सञ्चालनमा ल्याएको छ । विद्युत् प्रणाली सुधार तथा नियमित मर्मत-सम्भारका क्रममा हुने विद्युत् अवरोधको सूचना समयमै नपाउँदा ग्राहकले भोग्नुपरेको सास्तीलाई अन्त्य गर्न प्राधिकरणले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।

उक्त सेवा अन्तर्गत ग्राहकले अब भौतिक रूपमा कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भई घरमै बसेर आफ्नो सम्पर्क नम्बर तथा आवश्यक विवरणहरू अद्यावधिक गर्न सक्ने प्राधिकरणले जनाएको छ । सेवा सञ्चालनका अवसरमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ग्राहकलाई निरन्तर, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्नु नै प्राधिकरणको प्रमुख प्राथमिकता रहेको बताए ।

उनका अनुसार प्रसारण तथा वितरण लाइन मर्मत वा आपत्कालीन कारणले विद्युत् अवरोध हुने अवस्था आएमा त्यसको पूर्वसूचना सिधै सम्बन्धित क्षेत्रका ग्राहकको मोबाइलमा एसएमएस तथा प्रणालीमार्फत पुगोस् भन्ने उद्देश्यले नै यो अनलाइन केवाइसी सञ्चालनमा ल्याइएको हो ।

​यसैगरी, प्राधिकरणको योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशकले प्रणालीमा ग्राहकको सही सम्पर्क नम्बर र क्षेत्र प्रविष्ट भएसँगै सम्बन्धित क्षेत्रमा हुने विद्युत् अवरोध, महसुल तथा अन्य सेवा सम्बन्धी जानकारीहरू पारदर्शी र समयमै ग्राहकसम्म पठाउन थप सहज हुने बताए ।

​अनलाइन केवासी प्रणाली कार्यान्वयनमा आएसँगै ग्राहकहरूलाई समयको बचत हुनुका साथै कार्यालयमा लाग्ने लाइन र झन्झटबाट पूर्ण मुक्ति मिल्ने अपेक्षा गरिएको छ । ग्राहकले जुनसुकै समयमा मोबाइल वा कम्प्युटरको ब्राउजरमार्फत अनलाइन पाेर्टलमा गएर आफ्नो ग्राहक नम्बर (कस्टमर आइडी) र अन्य मागिएका विवरणहरू भरेर सजिलै केवाइसी अद्यावधिक गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३