विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान) ले जलविद्युत आयोजनाको अध्ययन अनुमतिको म्याद २ वर्ष थप गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समक्ष आग्रह गरेको छ । आयोजनाको अध्ययन अवधि ५ वर्ष समाप्त भएपछि पुन : २ वर्ष थप गरी सहजीकरण गर्ने मौखिक सहमति भएअनुसार त्यसलाई कार्यान्वयन गर्न सैद्धान्तिक सहमति प्रदान गरिदिन अनुरोध गरेको हो ।

५ वर्षे अवधि समाप्त भएपनि पुनः आयोजनाको प्रवर्द्धक कम्पनीले आवेदन गरेमा नितीहरूको अवधि थप गरी सहजीकरण गर्न आग्रह गरिएको इपानले जनाएको छ । ऊर्जा मन्त्रालयका सहसचिब मधुप्रसाद भेटुवालको संयोजकत्वमा २०७७ भदौ २२ गते गठित समितिले सर्वेक्षण अनुमति पत्र, उत्पादन मिती, उत्पादन अनुमति पत्र र वित्तीय व्यवस्थापनलगायतको म्याद थपका लागि गरेको सिफारिसका आधार सर्वेक्षण अनुमतिपत्र बाहेक अरुको म्याद थप गरी सहुलियत प्रदान गरेकोमा आभार प्रकट गर्दै म्याद थप गर्न अनुरोध गरेको हो ।

समितिले सिफारिस गरेपनि ऐनमै संशोधन गर्नुपर्ने भएका कारण सर्वेक्षण अनुमति पत्रको म्याद भने थप हुन सकेको छैन । कोभिड–१९ ले विदेशी परामर्शदाता दुई बर्षसम्म आउन नसक्दा तथा स्वदेशी परामर्शदाता पनि कार्यस्थलमा जान नसक्दा र राष्ट्रिय निकुन्ज तथा आरक्षण क्षेत्र/संरक्षण क्षेत्रमा परेका धेरै आयोजनाहरूलाई ति निकायहरूले इआइए/आइइइको अनुमति नदिँदा अधिकांश आयोजनाहरूको संभाव्यता अध्ययनको कार्य प्रभावित हुन गएको इपानले जनाएको छ । यस्तो समस्याले सर्वेक्षण अनुमति पत्रको अवधिभित्र संभाव्यता अध्ययनको कार्य सम्पन्न हुन नसक्ने अवस्थाको सिर्जना भएकोले म्याद थप्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit