विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशकै एकमात्र कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिएको छ । यो वर्ष बर्खा पानीको सहत बढेर १५३० मिटर पुगेपछि जलाशय भरिएको हो ।

आइतबार मध्यान्ह १२ बजे जलाशय पूर्णरूपमा भरिएको कुलेखानी–१ जलविद्युत आयोजनाले जनाएको छ । २०७२ सालको भूकम्पपछि जनाशलयमा अहिलेसम्मकै बढी पानी भरिएको हो ।

अघिल्ला वर्षहरूमा जलाशयमा पानीको सतह १५२७ मिटर पुगेपछि विद्युतगृहको मेसिन चलाउँदा पूर्णरूपमा भर्न सकिएको थिएन । ६ वर्षपछि पहिलोपटक जलाशय पूर्णरूपमा भरिएको नेपाल विद्युत प्राधिकरण उत्पादन निर्देशनालय अन्तर्गतको ठूला उत्पादन, सञ्चालन तथा संभार विभागले जनाएको छ ।

विभागका अनुसार अहिले कुलेखानी जलाशयको पानीको सन्तुलन मिलाउन एउटा मेसिन मात्रै सञ्चालन गरिएको छ । कुलेखानी दोस्रो र तेस्रोको पनि एउटा मेसिन चलेको छ । कुलेखानी जलाशय पुरै भरिँदा हिउँदकाे विद्युतकाे माग अनुसार आपूर्ति व्यवस्थापन सहज हुने प्राधिकरणले जनाएकाे छ ।

यसपटक गत बैशाखसम्म  विद्युतको माग धान्न कुलेखानी जलाशय २४ घन्टा चलाउँदा पानीको सतह घटेर १५०६ मिटरमा झरेको थियो । अत्यावश्यक परेको समयमा पानीको सतह १४९० मिटर हुँदासम्म मेसिन चलाउन सकिने भए पनि १५०० मिटरभन्दा तल झारिएकाे छैन ।

कुलेखानी जलाशयको क्षमता १५३० मिटर छ । जलाशयको पानी उपयोग गरी ६० मेगावाटको कुलेखानी–१ र ३२ मेगावाटको कुलेखानी–२ र १४ मेगावाटके कुलेखानी तेस्रे गरी ३ जलविद्युत केन्द्रबाट १ सय ६ मेगावाट विद्युत उत्पादन गरिन्छ । देशको विद्युत माग र आपूर्तिको सन्तुलन मिलाउने कुलेखानी एकमात्र जलाशय आयोजना हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit