विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि ५६ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । 

सय रुपैयाँ अंकित ५६ लाख ६ हजार ३ सय ९० कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको ८ लाख ६ हजार ३ सय ९० कित्ता सेयर मध्ये कुल निष्कासनको ३ प्रतिशत हुन आउने अर्थात १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको र ५ प्रतिशत हुन आउने अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ । 

बाँकी रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सर्वसाधरणले न्यूनतम १० कित्तादेखि अधित्तम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

सर्वसाधरणले छिटोमा कात्तिक २९ गतेसम्म र ढिलोमा मंसिर ९ गत्ते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोेकिएको छ । 

कम्पनीकाे लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना निमाधीन छन् । कम्पनीले निर्माण आवधिको ब्याज सहित प्रति मेगावाट लागत १९ करोड २४ लाख ७ हजार ४ सय ७ रुपैयाँ तथा कुल लागत १० अर्ब ३९ करोड अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit