विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनीको सेयर स्थानीयका लागि बाँडफाँड गरिएको छ । कम्पनीको रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि गत असार १३ गतेबाट साउन ३१ गतेसम्म बिक्री खुल्ला गरेको सेयर भदौ २८ गते (मंगलबार)  बाँडफाँड गरिएको हो । 

सय रुपैयाँ अंकित ६८ लाख ४२ हजार १ सय कित्ता सेयर बाँडफाँड गरेको कम्पनीका सचीव नरनाथ न्यौपानेले बताए । उनका अनुसार आयोजनाबाट अति प्रभावित क्षेत्रका २,१४६ जना, प्रभावित क्षेत्रका ८,७६८ जना र सामान्य प्रभावित क्षेत्रका २७,६५५ जनाका लागि सेयर बाँडफाँड गरिएको न्यौपानेले बताए । 

आयोजनाबाट २०७९ पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीले जनाएको छ । आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि  २०७२ सालको विनासकारी भुकम्प,  नाकाबन्दी, वर्षायाममा आयोजना क्षेत्रमा आएको बाढी, पहुँचमार्गमा निरन्तर गएको पहिरो, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा उत्पादन तालिका लम्बिदै गएको कम्पनीले जनाएको छ ।

कम्पनीको पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७८ असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर २०७७ सालको वर्षायाममा प्रक्षेपण गरिए भन्दा अघि आएको बाढीले बाँधस्थलको अस्थायी संरचनामा क्षति पुग्न गई निर्माण स्थगित गरिएको र अडिट सुरुङ जाने बेलीब्रिजमा क्षति पु¥याई आवत÷जावतमा कठिनाई र पहुँचमार्ग पूर्ण रुपमा क्षति पुगेकोले सम्पन्न गर्न नसकिएको कम्पनीले जनाएको छ ।

कम्पनीको नयाँ तालिका अनुसार आयोजनाबाट २०७९ पुसभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । यो अवधिभित्र निर्माण सम्पन्न गर्न ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३