images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न एसडी एक्स्पो मिडियाको आयोजनामा आज (शुक्रबार) देखि काठमाडौंको भृकुटिमण्डपमा भएको विद्युतीय गाडीको एक्स्पो सम्पन्न भएको छ ।

नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्याउनका लागि गरिएको ‘इभी नेपाल एक्स्पो’ सम्पन्न भएको हो ।

एक्स्पोमा करिब ३००० बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार अपेक्षा गरेको भन्दा दोब्बर बढी सर्वसाधारणले अवालोकन गर्न आएका थिए । एक्स्पोमा स्कुटर र बाइसाइकलको स्टलमा बढी भिड देखिएको थियो ।

शुक्रबारदेखि भएको एक्स्पोमार्फत विद्युतीय सवारी प्रोत्साहन गरी सर्वसाधारणलाई विद्युतीय सवारी साधानको बारेमा जानकारी दिन सफल भएको आयोजकले जनाएको छ ।
पछिल्लो समय मानिसहरूको विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेकाले एक्स्पोमा सोचेको भन्दा बढी अवलोकनकर्ताहरू आएको विद्युतीय स्कुटर व्यवसायी विनोदप्रसाद न्यौपानेल बताए । उनका अनुसार नेपालमा अब अरु भन्दा विद्युतीय सवारी साधनहरूको सम्भावना बढी छ ।

अन्तर्राष्ट्रिय बजारका मानिसहरू नेपालमा आएर विद्युतीय सवारीसाधनको एक्स्पो गर्दासमेत सर्वसाधारणको उपस्थित राम्रो रहेको आयोजकले जनाएको छ । एक्स्पोमा ५० बढी भारतीय कम्पनीको सहभागिता थियो । आयोजकको अनुसार एक्स्पोमा १५० भन्दा बढि प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढि विभिन्न देशका ब्रान्ड थिए । एक्स्पोमा विशेष गरी विद्युतीय कार, स्कुटर र मोटरसाइकल र साइकल, बस, ट्रयाक्टर, कार्गो लोडर , रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन ,ब्याट्री तथा अन्य  विद्युतीय  सामाग्रीहरू राखिएको थियो ।

पछिल्ला दशकहरूमा विद्युतीय गाडीको लोकप्रियता बढ्दो क्रममा रहेको छ । यसका साथै उत्पादीत विद्युत खपत बढाउनका लागि पनि पहिलो प्राथमिकतामा विद्युतीय सवारी रहेकोले प्रवर्द्धन गर्न लागिएको जनाइएको छ ।

विद्युतीय यातायातको सुविधाले परम्परागत गाडीहरूले निम्त्याउने स्वास्थ्यका साथै जलवायु परिवर्तनका समस्याहरू पनि कम गर्दछ । यसरी विद्युतीय गाडीको प्रयोगले वैकल्पिक ऊर्जाहरूको खपतलाई प्रोत्साहन गर्दै देश भित्रै क्लिन इनर्जीको खपत बढाउँछ ।

एक्स्पोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । यस एक्सपोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फिउचरले सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit