विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिनी उद्योगबाट उत्पादन भएको ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । महोत्तरीस्थित एभरेष्ट सुगर एण्ड केमिकल उद्योगले उखुको खोस्टा (बगास) को प्रयोग गरी उत्पादन गरेको विद्युत सोमबार प्रसारण प्रणालीमा जोडिएको हो । 

दिउँसोबाट परीक्षण उत्पादन सुरु गरिएको उद्योगका महाप्रबन्धक (वित्तीय) विमलचन्द्र ठाकुरले बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली पुगेर परीक्षण उत्पादन सुरु गरेको हो ।

उद्योगले उत्पादन गरेको विद्युत १२ किलोमिटर दुरीमा रहेको औराही सबस्टेसनमा लगेर जोडिएको छ । चिनी उद्योगबाट प्राधिकरणलाई बिक्री गर्ने गरी पहिलो पटक विद्युत उत्पादन भएको हो ।

‘हामीले पहिलेदेखि नै बगासबाट विद्युत उत्पादन गरेर आफैं खपत गर्दै आएका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘पहिलो पटक प्राधिकरणलाई विद्युत बिक्री गर्ने गरी ग्रिडमा जोडेका छौं ।’ उनले एक सातासम्म परीक्षण गरेर व्यावसायिक उत्पादन सुरु गरिने बताए । 

बगासबाट विद्युत उत्पादन गर्न उपकरण बाहेक १२ करोड रुपैयाँ खर्च भएको ठाकुरले बताए । उद्योगले विद्युत उत्पादन गर्न आफ्ना पहिलेकै उपकरण प्रयोग गरेको छ । उद्योगले आफ्नो आन्तरिक खपतका लागि लामो समयदेखि आफैं विद्युत उत्पादन गर्दै आइरहेको छ ।

उद्योगसँग १२ मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्ने उपकरण छन् । उद्योगमा खपत भएर बढी भएको ३ मेगावाट विद्युत मात्रै प्राधिकरणलाई बेच्न लागेको हो । उखुको मौसममा उद्योगले ११ मेगावाटसम्म विद्युत उत्पादन हुँदै आएको छ । 

एभरेष्टसँगै सर्लाहीस्थित इन्दुशंकर, बारास्थित रियलाइन्स चिनी उद्योगले पनि व्यावसायिक विद्युत उत्पादनका लागि प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेका छन् ।

इन्दुशंकर र रियलाइन्सले पनि यो वर्षको उखु सिजनबाट विद्युत बेच्ने तयारी गरिरहेका छन् । प्राधिकरणले चिनी उद्योगले उत्पादन गर्ने विद्युत हिउँदको ४ महिना प्रतियुनिट ८.४० रुपैयाँमा खरिद गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३