विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई आम जनतालाई राहतको अनुभूति हुने गरी मूल्य घटाउन निर्देशन दिएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।

पछिल्लो समय नेपाल आयल निगमले इण्डीयन आयल कर्पाेरेशन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत नेपालमा मूल्य समायोजन गरेको थिएन । निगम नोक्सानमा गएको र आईओसीलाई बक्यौता रकम भुक्तानीमा समस्या भएको भन्दै निगमले मूल्य समायोजन गरेको थिएन ।

निगमले यसअघि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको थियो । अहिले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ पर्छ ।

निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा  ९९ करोड रूपैयाँ नाफा हुने देखिएको छ । निगमले १८ अर्ब रूपैयाँ बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाएकाे छैन । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit