विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एपी ग्यासमा मासिक ३८ करोड रुपैयाँ आर्थिक नोक्सानी बेहोर्दै आएको छ । निगमले भारतबाट आयात गरेकाेभन्दा कम मूल्यमा बिक्री गर्दा खाना पकाउने ग्यासमा घाटा व्यहोरिरहेको हो ।

ग्यासको माग वार्षिक १४ प्रतिशत हाराहारीमा बढिरहेकाले घाटा पनि क्रमशः बढ्दै गएको  निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) शुशिल भट्टराईले बताए । उनका अनुसार अहिले देशभरमा मासिक २८ लाख १६ हजार सिलिन्डर ग्यास खपत छ । 

‘ग्यासको खपत वर्षेनी बढ्दो छ । यही कारणले आयात पनि बढिरहेको छ,’ उनले ऊर्जा खबरसँग भने,‘ एक सिलिन्डर ग्यास १३ सय ७५ रुपैयाँमा बिक्री गर्दा १ सय ३५ रुपैयाँ घाटा छ । यही घाटा बढेर वर्षभरीमा साढे ४ अर्ब रुपैयाँ बढी पुग्छ ।’

उनले अहिलेसम्म कूल जनसंख्याको ४० प्रतिशत जनतामा निगमले आयात गरेर बिक्री गर्ने ग्यासको पहुँच पुगिसकेको बताए । सहरी क्षेत्रमा ग्यास खपत जनसंख्या धेरै भए पनि पछिल्लो समय ग्रामीण क्षेत्रमासमेत माग बढिरहेको छ ।

निगमले आयातित ग्यासको प्रवद्र्धन नगरे पनि खपत बढिरहेको उनले बताए । ‘हामीले मागअनुसारको ग्यास आयात गरेर आपूर्तिको व्यवस्थापन गर्ने काममात्रै गरिरहेका छौं । कुनै प्रचार प्रसार गरेका छैनौं । तै पनि खपत बढिरहेको छ’ उनले भने ।

निगमले भारतका विभिन्न विन्दुबाट मासिक ४० हजार मेट्रिकटन ग्यास आयात गरिरहेको छ । अहिले मथुरा, बरौनी, हल्दिया, पारदीपलगायत रिफाइनरीबाट ग्यास आयात हुन्छ ।  

भान्छालाई धुवाँमुक्त बनाउन ग्यासको उपयोग उत्तम विकल्प मानिए पनि दीर्घकालसम्म देशको अर्थतन्त्रमा असर गर्ने उनले बताए । उनले अहिले ३ हजार मेगावाट बढीका जलविद्युत आयोजना निर्माणाधीन रहेको हुँदा अब आयातित पेट्रोलियम पदार्थ भन्दा विद्युत खपत बढाउने विद्युतीय चुलो तथा गाडीको विल्पमा जानुपर्नेमा जोड दिए । 

उनले सधैभरी पेट्रोलियम आयात गरेर बिक्री वितरण गर्नुभन्दा निगम र नेपाल विद्युत प्राधिकरण मिलेर विद्युत खपत बढाउने सम्बन्धमा सहकार्य गरेर जानुपर्ने बताए । विद्युतीय गाडी प्रवर्द्धन गर्दा कति पेट्रोलियम आयात प्रतिस्थापन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit