विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सांसद विनोद चौधरीको पहलमा सिंहदरबारमा सबै पक्षको बैठक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसी) लाई नारायणगढ–बुटवल सडक विस्तार निर्धारित समयमा पूरा नगरे ठेक्का ताेड्ने चेतावनी दिएका छन् । उक्त सडक विस्तार समयभित्रै सक्न निर्देशन दिँदै उनले म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने स्पष्ट पारेका हुन् ।

सोमबार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधी समेतको बैठकमा पूर्वाधार मन्त्री ज्वालाले उक्त निर्देशन दिएका हुन् । 

‘अब समयमा काम सक्नैपर्छ,’ मन्त्री ज्वालाले चिनियाँ ठेकेदारलाई निर्देशन दिए, ‘ अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ । अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाई भएको सहन सक्ने अवस्था छैन ।’ 

बैठकको संयोजन गरेका सांसद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्य अनुसार काम गर्नुपर्ने र लक्ष्य पूरा नगरे उसको रकमबाट कट्टा हुने गरी अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरे । 

‘ठेकेदार कम्पनीले पटक पटक प्रतिवद्धता जनाउने तर पूरा नगर्ने बिषय अब सैह्य नहुने भन्दै सांसद चौधरीले लक्ष्य अनुसार काम नगर्ने ठेकेदारबाट ‘डयामेज क्लेम’ गरी उसकै पैसामा अन्य ठेकेदारहरूलाई परिचालन गर्न ढिलाई गर्न नहुने बताए । 

‘नारायणगढ–बुटवल सडक तत्काल मर्मतसम्भार गरि सहज रूपमा गाडी आवतजावत हुने वातावरण बनाउनुपछ,’ सांसद चौधरीले ठेकेदारलाई भने, ‘यो काम अधिकतम एक महिनाभित्र भइसक्नुपर्छ । सन् २०२४ को सेप्टेम्बरसम्म सम्पूर्ण काम सक्नुपर्छ । स्थानीय बासिन्दाले धेरै दुःख पाइसके अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ ।’ 

पूर्वाधार मन्त्री ज्वालाले सडक निर्माण गरिरहँदा सडकको मर्मत सम्भार गर्ने र सडकमा सहज आवागमनको व्यवस्था मिलाउने शर्त ठेक्कामा रहेकाले अहिले ठेकेदारले गरिरहेको व्यवहार सम्झौताविपरीत रहेको भन्दै सम्झौताका शर्त पालना गर्न निर्देशन दिए । त्यसैगरी सडक कालोपत्रे गर्दा एकापट्टीको दुई लेन सडक पहिले सम्पन्न गरी त्यसपछि बाँकी लेनमा काम गर्न पनि ठेकेदारलाई निर्देशन दिए ।

ठेकेदारलाई रकम निकासमा समस्या नरहेको, निर्माण सामाग्रीको अभाव नरहेको र विद्युत् पोल र तारहरूको व्यवस्थापन भएको अवस्थामा सडक निर्माणको काममा किन प्रगती भएन भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए ।

संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ठेकेदारलाई चिनमा पनि यस्तै गतिमा काम गरेको भए के हुन्थ्यो भन्ने प्रश्न गर्दै ठेकेदार कम्पनीले चिनियाँ कन्ट्रयाक्टरहरूको बदनाम गरेको बताए । बैठकमा सांसद, नवलपरासीका स्थानिय निकायका प्रमुखहरू र प्रोजेक्टमा संलग्न कर्मचारीहरू सहभागी थिए । 

निर्देशन अनुसार काम भए नभएको अनुगमन गर्न एक महिनामा आज बैठकमा सहभागी सबै पक्ष सडक निर्माण स्थलमा जाने सहमति पनि भएको छ । 

बर्दघाट–सुनवल बजारमा फागुनभित्रै कालोपत्रे गरिने 

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले ठेकेदारलाई बर्दघाट–सुनवल बजारमा कहिलेसम्म कालोपत्रे गर्ने हो स्पष्ट रूपमा समयसीमा चाहियो भनेर प्रश्न गरे । जवाफमा ठेकेदार कम्पनीका प्रतिनिधिले फागुन मसान्तभित्र बर्दघाट–सुनवल बजारमा कालोपत्रे गरिसक्ने बताए । सांसद चौधरीले उक्त प्रतिबद्धता कार्यान्वयन गर्न दुम्किबास–बुटवल सडक खण्डका प्रोजेक्ट हेड शशांक मिश्र लाई निर्देशन दिए । चिनियाँ ठेकेदार र सडक विभागकातर्फबाट खटिएका प्रोजेक्ट हेड दुवै जनाले फागुनभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

‘फागुन अन्तिममा दुवैजनासँग बर्दघाटमा भेट्नेछु,’ उनले भने, ‘काम पूरा भएन भने तपाईँहरूमाथि कारवाही गरिनेछ, सांसद चौधरीले दुवैतर्फका जिम्मेवार अधिकारीलाई निर्देशन दिँदै भने, ‘नवलपरासीका नागरिकले धेरै सास्ती भोगेका छन् । अब पनि ढाँटछल गर्ने काम भयो भने मलाई सैह्य हुनेछैन ।’  
    

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit