विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना कर्मचारीलाई प्रदान गर्दै आएको इन्धन सुविधा कटौति गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक परिपत्र जारी गर्दै कर्मचारीले उपभोग गरिरहेको इन्धन सुविधामा २० प्रतिशत कटौति गरेका हुन् ।

पछिल्लो समय पेट्रोलियम पदार्थको आयात बढ्दै गएसँगै मूल्यवृद्धि, विदेशी मुद्राको सञ्चितिमा दबाबलगायतका कारण देखाउँदै ऊर्जा मन्त्रालयको निर्देशन अुनसार नै इन्धनको सुविधा कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण सामान्य सेवा विभागको सवारी सुविधा प्राप्त अधिकृतहरुले प्रयोग गर्ने ३ सिलिण्डर सवारी साधनको लागि वढीमा मासिक १०० लिटर र सो भन्दा बढी सिलिण्डरको सवारी साधनको लागि बढीमा मासिक १२० लिटर इन्धन दिने व्यवस्था भएकोमा अर्थमन्त्रालयको निर्णय अनुसार २० प्रतिशत कटौति गर्ने पत्र प्राप्त भएकोले सो बमोजिम ३ सिलिण्डर सवारी साधनको लागि ८० लिटर र सो भन्दा बढी सिलिण्डरको सवारी साधनको लागि ९६ लिटर मात्रै इन्धन सुविधा दिने निर्णय गरेको छ ।

मोटर साइकल सुविधा प्राप्त कर्मचारीको हकमा मासिक बढीमा १६ लिटर इन्धन दिँदै आएकोमा २० प्रतिशत कटौति गरी १३ लिटर दिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा सामान्य सेवा विभागले सकभर विद्युतीय सवारी साधन मात्र पुल गाडी राख्नु पर्ने, सामान्य सेवा बाहेका अन्य कुनै विभागले अत्यावश्यक बाहेक पुलमा गाडी नराख्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको कार्यको सिलसिलामा कोटा भन्दा बढी इन्धन आवश्यक भएमा २० प्रतिशत कटौति गरी हुन आएको कोटाको २० प्रतिशतसम्म सम्बन्धित उपकार्यकारी निर्देशकको स्वीकतिले मात्र थप इन्धन दिन पत्रमा उल्लेख गरिएको छ ।

सम्पूर्ण निर्देशनालय, विभाग, महाशाखा तथा शाखाहरुको कोटाको हकमा सोही बमोजिम र अन्यको हकमा इन्धनवापतको खर्चमा २० प्रतिशतले कटौति गरेको हो ।

कार्यालयको कामको सिलसिलामा उपत्यका बाहिर जाने अधिकृत कर्मचारीहरुको स्वीकृत भ्रमण आदेश अनुसार भ्रमण गर्नुपर्ने कार्यालयको दूरी हेरी, कामको प्रकृतिको आधारमा पूरा इन्धनको व्यवस्था गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit