विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २०७८ भदौ र असोज महिनामा नेपाल विद्युत प्राधिकरणका ३८ कर्मचारीले अनिवार्य अवकास पाउने भएका छन् । उमेर हद र सेवा अवधि पुगिसकेका एवं शैक्षिक प्रमाणपत्रका आधारमा २ देखि १२ तहसम्म अनिवार्य कर्मचारले अवकास पाउने लागेका हुन् ।

अबको ६ महिनाभित्र उप–कार्यकारी निर्देशकदेखि कार्यालय सहयाेगीसम्मले अवकास पाउन लागेकाे प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भदौ महिनामा अवकास पाउने २६ जना कर्मचारी छन् ।

यस्तै, असोज महिनामा १२ जना कर्मचारीले अवकास पाउँदै छन् । सेवाबाट अनिवार्य अवकास पाउने अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइराला छन् । कोइराला शैक्षिक प्रमाणपत्रको आधारमा भदौ २३ गतेदेखि प्राधिकरणकाे सेवाबाट अनिवार्य अवकास हुन लागेका हुन् ।

यस्तै, ९ तहका उप–प्रबन्धक मनोज बरालले नागरिकता प्रमाणपत्रको आधारमा भदौ १९ गते अवकास पाउँदै छन् । बराल काठमाडौं उपत्यका वितरण प्रणाली सुधार आयोजनामा कार्यरत छन् । ८ तहका सहायक निर्देशक हरी बहादुर क्षेत्री र ७ तहका इलेक्ट्रिकल इन्जिनियर रामनारायण यादवले भदौ ४ गते अनिवार्य अवकास पाउँदैछन् ।

५ तहका कृष्ण बहादुर श्रेष्ठ, कृष्ण प्रसाद सुवेदी, श्याम कुमार कटुवाल, जयराम पराजुली, गणेश पन्जियार, चिरञ्जिवी अधिकारीले पनि भदौ महिनाभित्रै अवकास पाउने छन् । ४ तहका अनिवार्य अवकास पाउनेमा कर्मचारीमा रामप्रसाद आचार्य, जयराम बुढा, देवेन्द्रप्रसाद शर्मा रहेका छन् ।

३ तहका पदम कुमार खड्का, निवास मल्लाह, रामलखनराम यादव, हरीदत्त जोशी, कुलबहादुर भट्टराई छन् । २ तहका मुक्तबहादुर खड्का, सहेन्द्र कामत, नैनसिंह साउद, जुलुम महर्जन, राजु लामा, गिता आचार्य, सोमबहादुर दर्जी र बद्री प्रसाद अधिकारीले अनिवार्य अवकास पाउने भएका छन् ।

असोजमा ७ तहका ३ कर्मचारीले शैक्षिक प्रमाणपत्रको आधारमा अनिवार्य अवकास पाउने भएका छन् । लेखा अधिकृत योग नारायण राय र मेकानिकल इन्जिनियर प्रेम चन्द्र ठाकुरले ७ गते, इलेक्ट्रिकल इन्जिनियर विनोदकुमार सिंह राजपुतले २५ गते अवकास पाउँदै छन् ।

 ६ तहका पद्यराम आचार्य र प्रेमा जोशीले क्रमश ६,१२ गते अवकास पाउँदै छन् । ५ तहका अवकास पाउनेमा अम्बिका खत्री, टोपलाल खनाल, सहदेव प्रसाद चौधरी र कलक बहादुर बोहोरा रहेका छन् । ४ तहका मोहन सुन्दर बज्राचार्य र रजना न्यौपाने छन् । २ तहका हरीबहादुरले घोलेले पनि अनिवार्य अवकास पाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit