images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले १३२÷३३ केभी ढल्केवर सबस्टेसनमा ६३ एमभीएको ट्रान्सफर्मर अपग्रेड सुरु गरेको छ । केन्द्रले ३० एमभीए पावर ट्रान्सफर्मरको स्थानमा नयाँ ट्रान्सफर्मर राख्न लागेको हो ।

आज (मंगलबार)  बिहान ६ बजेदेखि ३३ केभीको सिन्धुली फिडरको विद्युत सेवा बन्द गरेर नयाँ पावर ट्रान्सफर्मर अपगे्रडको काम सुरु गरेको केन्द्रले जनाएको छ  । केन्द्रका अनुसार नयाँ ट्रान्सफर्मर राख्न करिब एक साता लाग्नेछ ।

ट्रान्सफर्मर जडान गर्ने समयअवधिभर लामोसाँघुबाट दोलखा, चरिकोट, किर्ने, रामेछाप हुँदै सिन्धुलीसम्म सेवा प्रवाह गरिने पनि केन्द्रले जनाएको छ । लामासाँघुदेखि  सिन्धुलीको दुरी लामो भएका कारण विभिन्न स्थानहरुमा ट्यापिङ गरी सेवा प्रवाह गरिएको छ । 

ट्यापिङका कारण विभिन्न स्थानमा पटकपटक ट्रिपिङको समस्या आउन सक्ने समस्याले ग्राहकहरुलाई नियमित विद्युत सेवा आपुर्तिमा असहज हुनसक्ने केन्द्रले जनाएको छ । निर्धारित समयअगावै काम सम्पन्न भए तोकिएको तालिका अगावै सेवा सुरु गर्ने पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit