काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) ले सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रारुपमा ४०० केभीको पश्चिम सेती प्रसारण लाइन निर्माण गर्न साझेदारीका लागि आशयपत्र आह्वान गरेको छ । कम्पनीले उक्त आयोजना निर्माणका लागि स्वपुँजीको ५१ प्रतिशत सरकारी निकाय र ४९ प्रतिशत निजी प्रवर्द्धक तथा पब्लिक कम्पनीहरूको लगानी रहने गरी साझेदारी गर्न चाहने कम्पनीले आशय पत्र पेश गर्न आह्वान गरेको हो ।
आयोजना अन्तर्गत बजारको बझाङ हम्मरसेनको जयपृथ्वी नगरपालिका–१ देखि कैलालीको बर्दगौरिया गाउँपालिका–३ दोदोधारासम्म ४०० केभीको प्रसारण लाइन निर्माण हुन् छ । यस अन्तर्गत ४००/१३२ केभीका चैनपुर र बनलेक गरी दुई ओटा जिआइएस सबस्टेशनसमेत निर्माण गरिने जनाइएको छ ।
योग्य तथा इच्छुक कम्पनीले स्वपुँजीमा लगानी गर्ने सेयरको प्रतिशत सुलाई १५ दिनभित्र आशयपत्र पेश गर्न आइपिजिसिएलले सोमबार सूचना जारी गरेको छ ।