विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बझाङमा २१६ मेगावाटको बझाङ माथिल्लो सेती अर्धजलाशय (पिआरओआर) आयोजना निर्माण हुने भएको छ । यसका लागि आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत तयार गरी स्वीकृतिका लागि विद्युत् विकास विभागमा पेश गरेको छ ।

विभागले ऊर्जा मन्त्रालयमार्फत उक्त इआइए प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातारण मन्त्रालयमा पठाएको छ । वातावरण मन्त्रालयले हाल उक्त इआइएमाथि सरोकारवालाहरूबाट राय सुझाव माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ । इआइए प्रतिवेदन स्वीकृत भएपछि प्रवर्द्धक कम्पनीले आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गर्ने छ ।

कम्पनीले आयोजनाको सर्वेक्षण अनुमति पत्र भने २०७५ साउन १५ गते प्राप्त गरेको थियो । सर्वेक्षण सकेर कम्पनीले २०८० साउन १२ गते उत्पादन अनुमति पत्रका लागि विभागमा आवेदन दिएको थियो । सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको साइपाल गाउँपालिकामा पर्ने सेती खोलामा निर्माण हुने गरी प्रस्ताव गरिएको छ । आयोजनाको बाँधस्थल उक्त पालिकाको वडा नम्बर ४ र ५ मा प्रस्ताव गरिएको छ । त्यस्तै, विद्युत्गृह भने वडा नम्बर ४ मा प्रस्ताव गरिएको छ ।

सतही विद्युत्‌गृह रहने आयोजनामा ५५.७ मेगावाट क्षमताका ४ वटा उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ । दैनिक ४.५ घण्टा पिकिङ क्षमता भएको आयोजनाले वार्षिक १२२९ गिगावाट आवर इनर्जी उत्पादन गर्ने छ । आयोजनाको विद्युत् १२६ किलोमिटर टाढा कैलालीमा पर्ने लम्की सबस्टेशनमा जोडिने छ ।

निर्माण सुरु गरेको ५ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत ४४ अर्ब ५१ करोड ६० लाख (प्रतिमेगावाट २० करोड ६० लाख) रुपैयाँ हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit