विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जाडो सुरु भए यता राजधानी काठमाडौंसहित उपत्यका ३ जिल्लाको विद्युत माग बढेको छ । जाडोमा हिटर, एसी लगाएत कोठा तताउने विद्युतीय उपकरणको उपयोग बढ्न थालेपछि विद्युत माग पनि उकालो लागेको हो ।

गर्मी महिनाको तुलनामा मंसिर लागेपछि ३८ मेगावाट हाराहारीमा माग बढेको नेपाल विद्युत प्राधिकरण भार प्रेषण केन्द्र प्रमुख सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार अहिले उपत्यकामा ३ सय १८ मेगावाट हाराहारीमा विद्युत खपत भइरहेको छ । 

‘साँझको उच्च माग ३ सय १८ मेगावाटसम्म आउँछ,’ उनले ऊर्जा खबरसँग भने, ‘दिउँसो पनि ३ सय मेगावाट हाराहारीमा विद्युत खपत भइरहेको छ ।’ उनले पुस लागेपछि विद्युुत माग अझै उकालो लाग्ने बताए ।

गर्मी महिनाको विद्युत खपत २ सय ८० मेगावाट हाराहारीमा थियो । तराईका जिल्लामा भने विद्युत माग घटेको छ । जाडो सुरु भएपछि एसी, पंखा, कुलरलगायत विद्युतीय उपकरण चल्न छाडेकाले विद्युत खपतमा पनि कमी आएको भट्टराईले जानकारी दिए ।

तराईका जिल्लामा गर्मी याममा बढी विद्युत खपत हुने गरेको छ । अहिलेको देशभरको विद्युत माग १३ सय मेगावाट छ । जाडो महिनामा आन्तरिक उत्पादन घट्ने हुँदा भारतबाट साढे २ सय मेगावाट विद्युत आयात गरेर आपूर्ति व्यवस्थापन गर्ने प्राधिकरणको तयारी छ । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit