images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको महसुल शीघ्र भुक्तानी गर्न स्थानीय तहहरूलाई फेरि सचेत गराएको छ । प्राधिकरणले चैत २३ गते शुक्रबार सार्वजनिक सूचना जारी गरी यस्तो आग्रह गरेको हो ।

यसअघि प्राधिकरणले चैत १६ गते सार्वजनिक सूचना जारी गरी सबै स्थानीय तहलाई बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको थियो । उक्त आग्रहपछि केही स्थानीय तहले महसुल भुक्तानी गरी सडक बत्ती प्रयोग गर्न रितपूर्वक ग्राहक बनेको तर केही स्थानीय तहले भने अझै भुक्तानी गर्न चासो नदेखाएको जनाएको छ । 

महसुल भुक्तानी गर्न अटेर गरेका स्थानीय तहहरूले प्रयोग गरेको सडक बत्तीको लाइन कुनै पनि समय काट्न सक्ने चेतावनी समेत प्राधिकरणले दिएको छ । स्थानीय निकायहरूले तिर्न बाँकी महसुल मध्ये सबैभन्दा बढी महसुल सडक बत्तीको छ । पालिकाहरूले २०७४ सालपछिकै महसुल नतिरेर बक्यौता राखेका छन् । 

पालिकाहरूसँग असुल गर्नुपर्ने बक्यौता महसुल ६ अर्ब ८ करोडभन्दा बढी रहेकोमा प्राधिकरणले संघीय सरकारको अर्थमन्त्रालयलाई भुक्तानी दिन माग गर्दै पत्र लेखेको थियो । मन्त्रालयले भने गत कात्तिकमा उक्त बक्यौता महसुल सम्बन्धित पालिकाहरूसँगै असुल गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसपछि भने प्राधिकरणले पालिकाहरूसँगै महसुल उठान ताकेता गरिहेको छ ।   
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit