काठमाडौँ । बारा—पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता प्रिमियम विद्युत् महसुलको पहिलो किस्ता बुझाएको छ । पहिलो किस्ता बुझाएपछि बिहीबार साँझदेखि नेपाल विद्युत् प्राधिकरणले उद्योगमा विद्युत् आपूर्ति सुचारु गरेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
उक्त उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ ।
बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता बापत १५ लाख ७१ हजार रुपैयाँ बुझाएको हो ।