विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउन्टर थप गरेको छ । बैंकले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको हिले बजारमा नयाँ काउन्टर थप गरेको हो । काउन्टरबाट सोमबार (चैत २१ गते) देखि सेवा सुरु भएको छ ।

काउन्टरको उद्घाटन गाउँपालिकाको अध्यक्ष ओमबहाखुर गुरुङ्ग र उपाध्यक्ष दिलबहाखुर घलेले गरेको बैंकले जनाएको छ । बैंकका अनुसार एक्सटेन्सन काउन्टर सुरु भएसँगै काउन्टरको संख्या ५० पुगेको छ । 

बैंकलाई ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न आवश्यक सहयोगका लागि आफु तत्पर रहेको अध्यक्ष गुरुङ्गले बताए । साथै, उपाध्यक्ष घलेले एक्टेन्सन काउण्टर सञ्चालन गरेकोमा बैंकलाई धन्यवाद व्यक्त गर्दै ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता वृद्धि गर्नका लागि बैंकको सहयोग आवश्यक रहेको बताए ।

वडा अध्यक्ष तुलबहादुर घलेले काउन्टर सञ्चालन गर्दा गाउँपालिकाका वडा नम्बर ६, ७, ८ र ९ र बेशीशहर नगरपालिकाका केही बासिन्दाहरु बैंकिङ्ग सेवाबाट लाभान्वित हुने बताए । बैंकले मुलुकभर २८८ शाखा, २७४ शाखारहित बैंकिङ्ग सेवा, २५६ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit