विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा यसअघि विद्युत् लाइन पुगे पनि ट्रान्सफर्मर जडान र वितरण नहुँदा सेवा पुगेको थिएन ।

मुस्ताङसमेत कार्यक्षेत्र भएको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख प्रकाश काफ्लेले ट्रान्सफर्मर जडान गरेपछि कोरला नाकामा बिजुली बलेको बताए । छोसेर हुँदै नेपाल तर्फबाट कोरला नाकामा ३ वर्षअघि नै लाइन लगिए पनि नाका सञ्चालन नभएकाले माग भएको थिएन, उनले भने, गत कात्तिकदेखि सञ्चालनमा आएको कोरला नाकामा विद्युत्को आवश्यकता महसुस भएपछि २५ केभीए क्षमताको ट्रान्सफर्मर राखेर विद्युत् प्रयोग गर्न मिल्ने व्यवस्था मिलाएका छौँ ।

ट्रान्सफर्मर जडान गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको नेचुङका सुरक्षाकर्मीले सहयोग गरेका प्रमुख काफ्लेले बताए। बिजुली सुविधा भएपछि नाकाको सुरक्षामा खटिने सुरक्षाकर्मीलगायत अन्य व्यवसायका लागि जाने व्यवसायीलाई समेत सहज भएको छ । प्रतिकुल मौसमका बावजुद संरचना तयार पारेर विद्युत् आपूर्ति हुने व्यवस्था मिलाइएको तातोपानी वितरण केन्द्रका इञ्जिनीयर उत्तम अधिकारीले बताए ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले विद्युत् पुगेपछि कोरला नाकामा नेपाल टेलिकमसँग समन्वय गरेर मोबाइल सेवा पनि विस्तारको पहल गरिएको बताए । मुस्ताङमा प्राधिकरणको स्थानीय कार्यालय नभएकाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको घरापमा रहेको तातोपानी वितरण केन्द्रको मातहतमा रही निलगिरि उपभोक्ता सहकारी संस्था लिमिटेडले विद्युत् सेवा दिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit