विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संंस्था, नेपाल (इपान) ले १० हजार मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) खुलाउन माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा विद्युत निर्यात सहमति भई बजार सुनिश्चित भएको भन्दै पिपिए खुलाउन माग गरेको हो ।

भारतसँग भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्वागत गर्दै इपानले तत्काल पिपिए खुलाउनमा माग गरेको छ । इपानले सोमबार (जेठ २२ गते) पत्रकार सम्मेलन गरेर नेपाली जलविद्युत क्षेत्रका लागि अवसर सिर्जना भएको र लगानीको वातावरण बनेको महसुस भएको जनाएको छ ।

‘केही वर्षदेखि रोकिएर रहेका करिब १० हजार ५ सय मेगावाट बढी क्षमता आयोजनाहरूको पिपिए तत्काल खुलाउनका लागि माग गर्दछौ’, इपानद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘ रोकिएको पिपिए खुलाउनको लागि सम्माननीय प्रधानमन्त्रीमार्फत् ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई विशेष निर्देशन दिनको लागि माग गर्दछौं ।’

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीहरूबाट नेपाल–भारत विद्युत व्यापारको लागि महत्वपुर्ण बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनको शिलान्यास, ४८० मेगावाटको फुकोट–कर्णाली र ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजना विकास सम्झौता भएको छ ।

यसैगरी, नेपालभित्र विद्युत प्रसारण लाइन निर्माणको लागि एक्जिम बैक ईण्डियाबाट सहुलियतपुर्ण प्राप्त कर्जाको उपयोग, नेपालमा निर्माणाधीन जलविद्युत, सडक जस्ता ठुला पुर्वाधार आयोजनामा आवश्यक विष्फोटक पदार्थको सहज र सरल आपुर्ती गर्ने समझदारी भएको छ । पञ्चेश्वर बहुउदेश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवदन (डिपिआर) तीन महिनाभित्र टुंग्याउने र एकवर्ष भित्र कार्यान्वयनमा जाने लगायतका महत्वपुर्ण सम्झौताहरू भएका छन् ।

जलविद्युत आयोजनाहरूमा भारतीय लगानी भित्र्याउने, द्विपक्षिय ऊर्जा व्यापारका लागि प्रसारण लाइन लगायतका संरचनाहरूको निर्माण गर्ने, भारततर्फ ऊर्जाको दीर्घकालीन व्यापारको लागि वैधानीक आधार शुनिश्चित गर्ने, भारतीय भुमीहुँदै बंगलादेशसम्म नेपालबाट विद्युत निर्यातको शुरुवात गर्न सैद्धान्तीक सहमती भएको छ ।

यसका साथै भारतका प्रधानमन्त्रीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य रहेको बताएका छन् । दुवै देशका सचिवस्तरमा यससँग सम्बन्धीत ऊर्जा व्यापार सम्झौता सम्पन्न भइसकेकाे छ ।         

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit