विद्युत अपडेट

  • प्राधिकरण : ९११४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८८० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३८७२ मे.वा.घन्टा
  • आयात : ३९८ मे.वा.घन्टा
  • निर्यात : १९६२३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७१२६४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३१०५ मे.वा.
२०८३ असार २१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल हाइड्रोपावर एकेडेमीबाट अध्यक्ष मिथुन चक्रवर्ति प्रसाद पौडेलले राजीनामा दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को हालै सम्पन्न निर्वाचनबाट आफू कार्यसमिति बाहिर रहेको भन्दै उनले राजीनामा दिएका हुन् ।

अध्यक्ष पौडेलले आज (आइतबार) एकेडेमीको सञ्चालक समितिलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै आफ्नो पद त्यागको घोषणा गरेका छन् । इपानको हालै सम्पन्न निर्वाचनमा आफू नवनिर्वाचित कार्यसमितिमा नरहेको तथ्यलाई स्वीकार गर्दै उनले संस्थामा नयाँ नेतृत्वका लागि बाटो खुला गरिदिएको उनको भनाइ छ ।

राजीनामा पत्रमा पौडेलले इपानको नवगठित कार्यसमितिलाई सिर्जनात्मक एवम् प्रभावकारी ढङ्गले कार्य गर्न सहज वातावरण मिलोस् भन्ने हेतुले आफूले मार्गप्रशस्त गरेको उल्लेख गरेका छन् । ऊर्जा क्षेत्रको विकासका लागि इपान र एकेडेमीबिचको समन्वयलाई अझ बलियो बनाउन नयाँ टिम आउनु उपयुक्त हुने उनको संकेत गरिएको छ ।

धादिङमा मुख्य कार्यालय रही जलविद्युत् क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र अध्ययन-अनुसन्धानमा सक्रिय रहँदै आएको छ । इपानको निर्वाचनपछि ऊर्जा क्षेत्रका विभिन्न उप-समिति र सम्बद्ध संस्थामा नयाँ नेतृत्व स्थापित गर्ने काम सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३