विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण सहजीकरणका लागि नेपालतर्फको रुट परिवर्तन गरिने भएको छ । नयाँ रुटअनुसार निर्माणमा सहज हुनुका साथै लागत पनि कम हुने भएपछि नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको रुट परिवर्तन गरिने भएको हो ।

यसअघि खोला पारिपट्टिबाट रहेको रुट परिवर्तन भएर अब खोला वारिपट्टि निकुञ्ज क्षेत्र हुँदै अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने भएको हो रातमाटे रसुवागढी केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिए ।

अघिल्लो रुटअनुसार अगाडि बढाउँदा निर्माण सामान हेलिकोप्टरबाट लैजानुपर्ने थियो । यसले काम गर्नसमेत असहज हुने भएकाले रुट परिवर्तन गरिएको उनले जानकारी दिए । 

उनका अनुसार अहिले रुट निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको कारण बाटोको सहज पनि छ । ‘पहिलाभन्दा अहिले रुट पनि छोटो हुने देखिएको छ, लागत रकम कम लाग्ने देखिएको छ,’ उनले भने । 

नयाँ रुटका लागि यही ३१ साउनदेखि प्राविधिकहरू फिल्डमा गई सर्भे गर्ने तयारी भइरहेको उनले बताए । ‘इन्जिनियरिङ कम्पनीले जिआइएस राउटिङ गरी रिपोर्ट हामीलाई बुझाइसकेको छ, त्यसका लागि फिल्ड भेरिफिकेसनका लागि फिल्डमा गएर हेर्नुपर्ने हुन्छ’, उनले भने । 

भूसूचना प्रणालीअनुसार रुटको अप्टिमम् डिजाइन सम्पन्न भएकोसमेत उनले जानकारी दिए । रुटको जियोग्राफिकल राउटिङ सिस्टमले अप्टिमम् रुट देखाएको समेत उनले बताए । अब फिल्डमा गएर सर्भे गर्न बाँकी रहेको र त्यो छिट्टै गर्ने उनको भनाइ छ । 

पहिलाको रुटभन्दा अहिलेको रुट ५ किलोमिटर छोटो हुने उनको भनाइ छ । त्यसैगरी प्रसारण लाइनको लागत रकमसमेत करिब १ अर्ब घट्ने देखिएको बताइएको छ । ‘पहिलाको भन्दा अहिलेको रुटमा सामान ढुवानीदेखि सबै कुरामा सहज हुने देखिएको छ, लागत रकमदेखि निर्माण दूरीसमेत कम हुने देखिएको छ, आत्रेयले नयाँ पत्रिकासँग भने ।

नेपाल चीन अन्तरदेशीय प्रसारण लाइनको नेपाल तर्फको सबस्टेसन नुवाकोटको त्रिशूलीमा बन्ने भएको छ । नुवाकोटको विदुर नगरपालिको वडा नम्बर ९ त्रिशूलीमा नेपाल विद्युत् प्राधिकरणको आफ्नै जग्गामा सबस्टेसन बन्ने भएको हो । सबस्टेसन निर्माणका लागि सम्भाव्यता अध्ययन, वातावरण अध्ययन, सबस्टेसन डिजाइन, सबस्टेसन रेखांकनलगायतको कार्य भइरहेको आत्रेयले बताए । चीनतर्फको भने सबस्टेसन निर्माण भइसकेको चिनियाँ पक्षले जानकारी दिएको बताइएको छ । रसुवागढी नाकाबाट ७९ किलोमिटर पर जिलाङमा सबस्टेसन बनिसकेको चिनियाँ पक्षले जानकारी दिएको आत्रेयले बताए । 

त्यसैगरी, चीनतर्फ निर्माण भइरहेको प्रसारण लाइनको अध्ययन अवलोकन गर्न समस्या भएको छ । कोरोनाको कारण देखाउँदै चीनले रसुवागढी नाकाबाट आवत–जावत बन्द गर्दा स्थलगत अवलोकनमा समस्या भएको हो । डेढ वर्षअघि देखि सबस्टेसन निर्माणका लागि चीनतर्फ भएका गतिविधिको अध्ययन अवलोकनसहितको बैठक गर्ने भने पनि हालसम्म हुन नसकेको आत्रेयले बताए ।

‘चिनियाँसँग मिटिङ बस्नुपर्नेछ, दुईटा मिटिङ बसिसकेको छ, तेस्रो मिटिङ चीनमा बस्नुपर्ने हो, तर नाका बन्द रहेकाले जान सकिरहेका छैनौँ’, उनले भने । चीनमा सबस्टेसन बनिसक्यो भने पनि अवलोकन गर्न नपाइएको उनले बताए । यसका लागि मन्त्रीस्तरबाट सहजीकरण गरिदिनुपर्ने भए पनि हालसम्म हुन नसकेको उनले बताए । 

अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल चीनबीच ३ हजार मेगावट विद्युत् आदान–प्रदान गर्न सकिने भएको छ । प्रसारण लाइनमा ५ हजार मेगावाट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ । 

नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit