विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम गर्न समझदारी गरेको छ । बैंकले गाउँपालिकासाग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास एवं वित्तीय पहुँचको लागि समझदारी गरेको हो । 

समझदारी पत्रमा बैंककोतर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाकोतर्फबाट अध्यक्ष लक्ष्मणबहादुर बमले हस्ताक्षर गरेका छन् । साझेदारी अनुसार गाँउपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारीसमा बैंकले कर्जा उपलब्ध गराउनेछ ।

गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमको माध्यमबाट वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण तालिम दिइनेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बमले दिगो बैंकिङ कार्यक्रमले निम्न वर्गिय किसान तथा उद्यमी वर्गको आर्थिक विकासमा मद्दत पुग्ने बताए ।  

नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझाले दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रमका सम्बन्धमा स्पष्ट पारे । कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरूले उठाएका जिज्ञासा तथा सुझावहरूको जवाफ पनि बैंककोतर्फबाट दिइएको थियो ।

बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । सरकारको दिगो विकास लक्ष्यलाई सघाउन बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको छ ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit