विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं  । कालिका पावर लिमिटेडले बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यलाई बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित गर्न आगामी (पुस) २९ गते को लागि साधारण सभा बोलाएको हो । 

कम्पनीका अनुसार सभाले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी ६९ करोड रुपैयाँकाे १५ प्रतिशतका दरले हुन आउने अर्थात १० करोड ३५ लाख रुपैयाँ  बोनस सेयर वितरण गर्न प्रस्ताव पारित गर्नेछ । साथै, प्रस्तावित ०.७८९५ प्रतिशतले हुन आउने अर्थात ५४ लाख ४७ हजार ५ सय ५० रुपैयाँ नगद लाभांश पनि पारित हुनेछ । 

सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गरिनेछ । आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि परिश्रमिक समेत निर्धारण गर्ने जनाएको छ । 

कम्पनीले आयोजना गरेको साधारण सभा पुस २९ गते (शुक्रबार) कम्पनीको रजिस्र्टड कार्यलयमा तरतपुरमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit