विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अरूण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले करिब २२ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको अरूण काबेली पावर कम्पनी लिमिटेडको सेयर बिक्री लागेको हो ।

कम्पनीसँग रहेको अरूण काबेली पावरको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कम्पनी तथा कम्पनीका सेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको छ ।

कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृती तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीको सुचना प्रकाशित गरी सेयर बेच्न लागिएको जनाएको छ ।

कम्पनीले पाँचथर निर्माण सम्पन्न गरेको १० मेगावाटको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना परीक्षण सुरु गरेको छ । आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंकको ऋण लगानी हो । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकको पनि लगानी छ ।

६० करोड रुपैयाँ स्वपुँजी लगानी हो । स्वपुँजी लगानी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले यसअघि संखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले पिलुवाको विद्युत बिक्रीबाट हुने आम्दानी सहायक कम्पनीमार्फत आधा दर्जन बढी जलविद्युत आयोजनामा लगानी गरेको छ । काबेली–‘बी’–१ क्यासकेड आयोजनामा भने कम्पनीको शतप्रतिशत लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit