विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखा जिल्लामा ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँड गरेको छ ।

आज बिहीबार (चैत २९ गते) एक कार्यक्रमका बीच कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँड गरिएको हो । कम्पनीले सर्वसाधारणका लागि गत चैत १९ गतेदेखि २२ गतेसम्म सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको १०० रुपैयाँ मूल्य अंकित १३ लाख ३७ हजार ३०२ कित्ता सेयर बिक्री खुला गरेको थियो । तोकिएको समयभित्र मागभन्दा अधिक सेयर आवेदन परेको जनाइएको छ । सेयर खरिद गर्नका लागि रितपूर्वक १२ लाख ८१ हजार ४०२ जनाले आवेदन दिएकोमा १ लाख ३३ हजार ७३० जनालाई १० कित्ताका दरले र २ जनालाई थप १ कित्ता गरी माग गरिएको सेयर बाँडफाँड गरिएको प्रभु क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको सुरी खोलाबाट चालू वर्षको बैशाख २८ गतेदेखि व्यावसायिकरूपमा विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरेको थियो । हाल, सोही खोलामा ७ मेगावाटको माथिल्लो सुरी खोला निर्माण गरिरहेको छ । जसको हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit