विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रानी–किमाथांका सडक विस्तारलाई सहयोग पुर्याउन नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहबीदेखि संखुवासभाको खाँदबारीसम्म विस्तार भएको ३३ केभी प्रसारण लाइन ८ घन्टाका लागि बन्द (सट डाउन) गर्ने भएको छ ।

सुनसरीको खनार, तरहरा, धरानलगायत ठाउँमा सडक विस्तारका क्रममा दायाँबायाँ पोल सानुपर्ने, केही ठाउँमा भूमिगत गर्नुपर्ने हुँदा आज (माघ २४ गते) बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको हो । तरहरामा सडकमाथिबाट पार भएको ३३ केभी लाइन भूमिगत तथा केही ठाउँमा विस्तारको काम गर्नुपर्ने हुँदा विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्रदेश १ का प्रादेशिक प्रमुख टेकनाथ तिवारीले बताए ।

‘हामी विकास निर्माणमा सरकारका सबै निकायसँग सहकार्य गरिरहेका छौं, सडक विस्तार पनि विद्युत् जतिकै महत्त्वपूर्ण छ,’ उनले ऊर्जा खबरसँग भने, ‘पोल नहटाई वा भूमिगत नगरीकन सडकको काम गर्न नमिल्ने हुँदा विद्युतीय लाइन बन्द गर्नुपर्ने भयो । यसबाट सर्वसाधारणमा पर्न गएको असुविधाप्रति हामी गम्भीर छौं ।’

दुहबी–धरान ३३ केभी लाइनको तरहरामा पोल सानुपर्ने र सिंगललाई डबल सर्किट लाइनमा स्तरोन्नति गर्नुपर्ने हुँदा आपूर्ति बन्द गर्न लागेको धरान वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए । ‘दुहबी–खनार क्षेत्रमा गुणस्तरीय कन्डक्टर (तार) फेर्ने र खनार–तरहराको सिंगल सर्किटलाई डबल गरिनेछ,’ उनले भने, ‘तरहरा–धरान क्षेत्रमा पनि विद्युतीय लाइनलाई छोएका रुखका हाँगाबिँगा काटेर सफा गर्नुछ ।’

खाँदबारीसम्म पुगेको यो ३३ केभी लाइनको आपूर्ति काटिँदा धरान र धनकुटा पूर्णरूपमा तथा तेह्रथुम, संखुवासभाको खाँदबारी, भोजपुरसम्मको विद्युत् प्रवाह प्रभावित हुनेछ । साथै, संखुवासभा, भोजपुर र तेह्रथुममा विद्युत् उत्पादन गरेर यही लाइनमा जोडेका निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाह विद्युत्गृहबाटै काट्नुपर्नेछ ।

प्राधिकरणका अनुसार उक्त ३३ केभी लाइन बन्द रहने हुँदा धरान वितरण केन्द्रको धरान फिडरअन्तर्गत पर्ने धरान उपमहानगरपालिकाका १, ४, ८, ९, १०, १२, १३, १४ र १६ नम्बर वडामा विद्युत् आपूर्ति हुने छैन । यस्तै, सोही वितरण केन्द्रको पनमरा फिडरअन्तर्गतको धरान वडा नम्बर ३, ४, ५, ६, ८, १४, १५ मा पनि आपूर्ति बन्द हुनेछ ।

धरान वितरण केन्द्रकै स्थानीय चतरा फिडरअन्तर्गत पर्ने धरान १०, ११, १६, १७, १८, १९, २० नम्बर वडामा सोही समयसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । उता भानु फिडर अन्तर्गतका १ देखि ४, ८, १२, १४, १५ र १९ नम्बर वडामा पनि लाइन सट डाउन गरी काम हुने हुँदा विद्युत् काटिनेछ ।
यसैगरी, रेलवे फिडर, चतरा फिडरको बराह क्षेत्र, ड्रेजर फिडर, विपिकेआइएचएस फिडर, ब्रिटिश फिडर, औद्योगिक फिडर, खानेपानी फिडरअन्तर्गतका दर्जना ठाउँमा अपरान्ह ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ ।

नेपालगन्जमा पनि सेवा प्रभावित

प्राधिकरण नेपाल डिभिजन केन्द्रको बागेश्वरी फिडर अन्तर्गत पर्ने बेलासपुर क्षेत्रमा पोल सार्नुपर्ने हुँदा आज (माघ २४ गते) अपरान्ह १२.३० बजेदेखि साँझ ४.३० सम्म लाइन काटिनेछ । बलासपुरको ट्रान्सफर्मर काटी काम गर्नुपर्ने हुँदा सो फिडरबाट विद्युत् वितरण हुने सबै क्षेत्रमा आपूर्ति बन्द हुनेछ । नेपालगन्जकै एयरपोर्ट फिडर पूर्वतर्फ सुर्खेत रोडको कारकाँदो चोकदेखि राँझासम्म पोल सार्नुपर्ने हुँदा बिहान ११ बजेदेखि १२.३० बजेसम्म विद्युत् लाइन काटिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit