विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले मासिक ऊर्जा शुल्कभन्दा २७ प्रतिशत बढी बक्यौता असुल गरेको छ । ग्राहकले अघिल्ला महिनाको बक्यौता तिरेपछि मंसिर महिनामा बिक्री भएको विद्युतकोभन्दा बढी रकम असुल गरेको हो ।

समयमा विद्युत  महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गर्न थालेपछि धमाधम बक्यौता उठ्न थालेको वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । उनका अनुसार ठुलो बक्यौता रकम तिर्न बाँकी हाइ हिमालयन प्लाईउडले लाइन काटिएको एक वर्षपछि करिब २६ लाख रुपैयाँ बक्यौता बुझाएको छ ।

उद्योगलाई कालो सूचीमा राख्ने तयारी गरिएको सूचना पाएपछि बाँकी बक्यौता बुझाएको हो । वितरण केन्द्रले हेर्ने भुम्लु गाउँपालिकाका ३ सय घरधुरीको लाइन काटेपछि ५ लाख रुपैयाँ बक्यौता असुल भएको छ । विद्युतको बाँकी बक्यौता तिर्ने ग्राहकको लाइन फेरि जोडिएको पनि उनले बताए । 

पलान्चोक खानेपानीको पनि लाइन काट्ने तयारी भइरहेका बेला बाँकी बक्यौता तिर्ने प्रतिवद्धता जनाएको ढकालले बताए । ‘खानेपानीले बक्यौता नतिरेको पनि धेरै समय भइसकेको थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘लाइन काट्ने सूचना पाएपछि शुक्रबारसम्ममा तिर्छु भनेको छ ।’ शुक्रबारसम्ममा बाँकी बक्यौता नतिरे लाइन खानेपानीको लाइन पनि काटिने उनले बताए । 

केन्द्रले विशेष टोली बनाएर लाइन सुधार, ग्रााहक सेवा, बक्यौता असुली तथा चुहावट नियन्त्रण अभियानको काम गर्दै आएको छ । केन्द्रले वितरण प्रणाली सुधार गर्न ६ हजार बढी जीर्ण अवस्थाका विद्युतीय पोललाई स्टिल र सिमेन्टका पोलले प्रतिस्थापन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit