images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनीले करिब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सो मुनाफा कमाएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीले अनुसार यो नाफा गत वर्षको यही समय अवधिको तुलनामा ४ करोड ३० लाख ६७ हजार रुपैयाँ बढी हो । गत वर्ष १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ४२ करोड ३१ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ३९ करोड ३ लाख २० हजार रुपैयाँ आम्दानी गरेको थियो । 

जलविद्युत विकासमा सशक्त र संगठितरूपमा अघि बढिरहेको बिपिसीले हालसम्म २६.६ मेगावाटका चार आयोजना सञ्चालन गरिरहेको छ । यस्तै, ३७.६ मेगावाटको काबेली ‘ए’ र ३० मेगावाटको  न्यादी निर्माणाधीन छन् । सय मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी अध्ययन भइरहेको छ । नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्तीमा बिपिसीको १६.८८ प्रतिशत सेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit