images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशबीच भएका जलविद्युत, ऊर्जा र जलस्रोतसम्बन्धी सहमतिको स्वागत गरेको छ । 

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतले नेपालको जगेडा बिजुली खरिद गर्ने, बंगलादेशसम्म जान दिने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) द्रुतगतिमा बनाउन निर्देशन दिने, जलस्रोत र जलविद्युतको मामिलामा आपसी सम्मान र आपसी सहमति भएको प्रति इपानले स्वागत गरेको हो ।

दुई देशबीचका कार्यकारी प्रमुखबीच भएको सहमति नेपालको समग्र ऊर्जा क्षेत्रको विकासमा ऐतिहासिक फड्को भएको इपानले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गरेका थिए ।

यस्तो सहमतिले दुवै देशहरूले उर्जाको सहज उपभोग गर्ने आधार निर्माण भएको इपानले जनाएको छ । सहमतिले दुबै देशले अर्थतन्त्रको द्रुत विकास गर्दै आर्थिक समृद्धिको यात्रामा सहकार्य गर्न मार्गप्रशस्त भएको इपानले जनाएको छ । 

नजिकको छिमेकी मुलुक भएको नाताले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा हुने यस्तो सहमतिबाट दुवै देशहरूले पर्याप्त आर्थिक उपलब्धि हासिल गर्नुका साथै दुवै मुलुकको आर्थिक कुटनीतिको क्षेत्रमा समेत नयाँ शिराबाट सम्बन्ध विकास र विस्तार हुने इपानका विश्वास छ ।

औपचारिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा ‘हामी नेपालको बिजुली खरिद गर्नेछौ’ भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणाले नेपालको उर्जा उद्योगमा संलग्न आम उद्यमीहरूलाई उत्साहित र नयाँ आशाको सञ्चार गराएको इपानले जनाएको छ ।

‘सम्माननीय प्रधानमन्त्री मोदीको उक्त घोषणालाई संयुक्त विज्ञप्तिभित्र रहेको ‘संयुक्त भिजन स्टेटमेन्ट’ मा पनि समाबेश गरिनु नेपालको ऊर्जा ब्यापारमा ठूलो उपलब्धीका रुपमा लिन सकिने इपानको विज्ञप्तिमा छ ।

पहिलो पटक भारतले नेपालसँग जलस्रोत र जलविद्युतको मामिलामा आपसी समानता र आपसी सम्मानका आधारमा वार्ता गर्ने सहमति हुनु अर्को ठूलो उपलब्धिका रुपमा इपानले लिएको छ । इपानका अनुसार दुई देशबीचको ऊर्जा सहकार्य बीबीआइएन (भुटान, बंगलादेश, भारत र नेपाल) संरचना तहसम्म विस्तार गर्ने कुरा भिजन स्टेटमेन्टमा उल्लेख हुनु अत्यन्त सुखद पक्ष हो । यसबाट अब नेपालको बिजुली बंगलादेशसम्म निर्यात गर्ने ढोका खुला भएको छ ।

भिजन स्टेटमेन्टमा जलविद्युतको संयुक्त विकास गर्ने, सीमापार प्रसारण लाइन निर्माण गर्ने, दुईतर्फी विद्युत आयात निर्यात गर्ने, दुवै देशको ग्रीड (प्रसारण लाइन) सिंक्रोनाइज (एक रुप) तुल्याउने, संस्थागत सहयोग, ज्ञान र प्रविधिको हस्तान्तरण गर्ने कुरा पनि प्राथमिकताका साथ उल्लेख भएका छन् ।

दुई देशबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर द्रुतगतिमा बनाउन आफ्ना सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिने बुँदा पनि भिजन स्टेटमेन्टमा समेटिएको छ । यो सहमति पूर्ण कार्यान्वयन भयो भने नेपाल भारतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्धले नयाँ उचाइ लिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit