विद्युत अपडेट

  • प्राधिकरण : ८५७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४१७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४४८४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२९५३ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६७ मे.वा.
२०८३ असोज २७, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगस्थित भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनामार्फत हटिया क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो । राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र पर्याप्त हुने अपेक्षा गरिएको छ ।

यसबाट स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल तथा घरेलु उद्योगलगायतका विद्युत् उपभोक्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु भएपछि विकट तथा दुर्गम क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र पर्याप्त भई स्थानीय बासिन्दा, सरकारी कार्यालय तथा स्वास्थ्य संस्था, त्यस क्षेत्रमा रहेका कुटानीपिसानी मिल, घरेलु उद्योगलगायतले प्रत्यक्ष लाभ लिन सक्नेछन् । 

खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हाहियास्थित अस्पतालमा थ्रि फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ । यसअघि उक्त क्षेत्रमा लघु जलविद्युत् योजनामार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो । राष्ट्रिय प्रसारण लाइन विस्तारले स्थानीय क्षेत्रमा विद्युत् आपूर्तिको उपलब्धता, नियमितता र विश्वसनीयता बढाउन सहयोग पुग्ने उनले बताए ।

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाकै किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त क्षेत्रसम्म विद्युत् पुर्‍याउन ठेक्का प्रक्रिया अघि बढिसकेको छ । चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् पुर्‍याउने लक्ष्य रहेको छ ।

सङ्खुवासभामा विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै प्राधिकरणले विकट तथा दुर्गम बस्तीहरूमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । जिल्लाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन् भने बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३