विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकमा बिहीबारबाट निशेधाज्ञा लागेपछि मध्यभोटेकोसी जलविद्युत कम्पनीले स्थानीयबासीले पाउने साधारण सेयर निष्कासन स्थगित गरेको छ । कोरोना (कोभिड–१९) महामारीको संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय निशेधाज्ञा लगाएकाले स्थानीय सेयर निष्कासन स्थगित गरिएको हो ।

कम्पनीले बिहीबार विज्ञप्ती निकाले निशेधाज्ञाका कारण स्थानीयबासीले सहजरूपमा सेयर खरिदको आवेदन दिन नसक्ने हुँदा बिक्री स्थगत गर्नु परेको जनाएको छ । कम्पनीका अनुसार स्थिती सहज नहुन्जेलसम्मका लागि स्थानीय सेयर निष्कासन बन्द हुनेछ ।

‘जिल्लामा निशेधाज्ञा लागेकाले अर्को व्यवस्था नहुन्जेल तल्कालका लागि सेयर निष्कासन कार्य स्थगत गर्नुपरेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘स्थिती सामान्य भएपछि अर्को सूचना निकालेर स्थानीयबासीका लागि छुट्याइएको सेयर बिक्री खुल्ला गरेको जानकारी गराउँछौं ।

कम्पनीले गत मंगलबार (बैशाख २१ गते) देखि निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकासी जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित ६० करोड रुपैयाँ मूल्यको ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

६० लाख कित्तामध्ये भोटेकोसी गाउँपालिकाको वडा नम्बर–१ र ५, बाह्रबिसे नगरपालिकाको वडा नम्बर–५, ६, ७ र ८ का स्थानीयबासीका लागि १८ लाख कित्ता र जिल्लाबासीका लागि ४२ लाख कित्ता सेयर छिटोमा जेठ ४ र जेठ २० गतेसम्म आवेदन दिन पाउने गरी निष्कासन गरिएको थियो । 

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । अन्य ६ कम्पनी सह–प्रबन्धक छन् । चिलिमेको सहायक मध्यभोटेकोसीले १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit