images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यालाई असोज ५ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

सय रुपैयाँ अंकित ९५ लाख २५ हजार ७ सय ६० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको १ बराबर १.४७ को अनुपातमा सेयर निष्कासन गरिएको हो । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको लमजुङमा ४.४ मेगावाटको राधी स्मल जलविद्युत आयोजना सञ्चालनमा छ । 

यो आयोजनाले २०७१ जेठ ३१ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले विगत वर्षहरुदेखि नै सेयरधनीहरुलाई बोनस, सेयर नगद लाभांश प्रतिफल दिदै आएको छ । अहिले दोस्रो बजारमा कम्पनीको सेयर किनबेचलाई आकर्षणकको रुपमा हेर्ने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit