विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई विद्युत् आपूर्तिमा कुनै समस्या भए तुरुन्त खबर गर्न आग्रह गरेको छ । देशमा बढ्दै गएको कोरोना महामारी, थपिँदै गएका संक्रमित र अस्पतालहरूमा अक्सिजन अभाव भइरहेको सार्वजनिक भइरहेको छ । यसो हुँदा अक्सिजन उत्पादनमा समस्या नहोस् भन्दै प्राधिकरणले आग्रह गरेको हो ।

आपूर्तिमा कुनै समस्या देखिए तुरुन्त जनसम्पर्क अधिकृत वा नजिकको वितरण केन्द्र वा शाखामा खबर गर्न आग्रह गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘अक्सिजन उत्पादक उद्योगहरूमा भइरहेको आपूर्तिमा कुनै समस्या हुन दिँदैनौं,’ उनले भने, ‘वितरण केन्द्रहरूलाई पनि त्यस्ता उद्योगमा लाइन नजाने अत्यावश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।’

याे पनि पढ्नुहाेस् : अक्सिजन उत्पादक उद्योगहरूमा विद्युत् आपूर्ति अवरोध हुन नदिन ‘हाई अलर्ट’

प्राधिकरणले गत साता नै काठमाडौं उपत्यका बाहिरका अक्सिजन उत्पादक उद्योग परिसरमा रहेका वितरण केन्द्रलाई आवश्यक व्यवस्था मिलाउन सर्कुलर गरिसकेको छ । केन्द्रहरूले आफू मातहत रहेका अक्सिजन उद्योगहरूलाई सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्था गरेका छन् । समस्या आए खबर गर्न उद्योगहरूलाई परिपत्रसमेत गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit