विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवलपरासीमा सञ्चालित होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको ३ वर्ष बितिसक्दा पनि राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पाउन सकेकाे छैन । नेपाल विद्युत प्राधिकरणले १३२ केभी बर्दघाट–सर्दी डबल सर्किट प्रसारण लाइन सिमेन्ट उद्याेगले विद्युत पाउन नसकेकाे हाे ।

सिमेन्ट उद्याेगलाई विद्युत दिन निर्माण थालिएकाे २० किलाेमिटर प्रसारण लाइन ५ वर्ष बितिसक्दा समेत प्राधिकरणले सम्पन्न गर्न सकेकाे छैन । प्राधिकरणले समयमा विद्युत नदिएपछि विद्युतकाे वैकल्पिक व्यवस्थाबाट सिमन्ट उद्याेग सञ्चालन हुँदै आएको छ ।

चिनियाँ र केही हिस्सा नेपाली लगानीमा स्थापना भएको उद्योगले २०७५ असारदेखि उत्पादन सिमेन्ट उत्पादन गरिरहेकाे छ । उद्याेग सञ्चालन गर्न करिब ५० मेगावाट विद्युत आवश्यक पर्नेमा १२ मेगावाट विद्युत उद्याेगले भट्टीमा उत्पन्न हुने तापबाट १२ मेगावाट विद्युत उत्पादन गरी खपत गरिरहेकाे छ । याे बाहेककाे अपुग विद्युतकाे माग परिपूर्तिका लागि डिजेल प्लान्ट सञ्चालन गरिएकाे छ ।

प्राधिकरणले पछिल्लाे पटक २०७८ जेठमा नै प्रसारण लाइन पूरा गरेर उद्याेगमा विद्युत पुर्याउने प्रतिबद्धता जनाएकाे थियाे । आज ६ महिना बितिसक्दा पनि उद्याेगले प्रसारण प्रणालीकाे विद्युत पाउन सकेकाे छैन ।

प्राधिकरणले उद्योगमा विद्युत पुर्याउन २०७३ बैशाखदेखि प्रसारण लाइनकाे निर्माण सुरु गरेकाे थियाे । विभिन्न समस्या तथा कठिनाइका बीच अब भने प्रसारण लाइनकाे काम अन्तिम चरणमा पुगेकाे आयाेजना प्रबन्धक हरि पाण्डेले बताए । उनका अनुसार प्रसारण लाइनकाे करिब ९७ प्रतिशत काम सम्पन्न भएकाे छ ।

उद्योगमा दिगो र गुणस्तरीय विद्युत सेवा दिन तथा स्थानीय क्षेत्रमा विद्युतीकरण गर्न निर्माण भइरहेको प्रसारण लाइनको ६१ वटा टावर ठड्याइसकिएको उनले बताए । करिब १२ किलोमिटर तार तान्ने काम सकिएकाे छ । २० किलोमिटर लामो प्रसारण लाइनमा ६७ वटा टावर निर्माण हुँदैछन् ।

‘प्रसारण लाइनको निर्माण अब भने सकिन लागेको छ,’उनले ऊर्जा खबरसँग भने, ‘टावर ठड्याएका ठाउँमा तार तान्ने काम सकिएको छ ।’ बाँकी विभिन्न स्थानमा स्थानीयले अवरोध गरेर रुख काट्न नदिएपछि निर्माण प्रभावित हुँदा तार तान्न नसकिएकाे पाण्डेले बताए ।

प्रसारण लाइनकाे रुटमा पर्ने करिब १ हजार ५ सय बढी रुख काट्न बाँकी छ । स्थानीयले अवरोध गर्दा काम अघि बढ्न नसकेको पनि पाण्डेले दाबी गरे । ५ हजार ६ सय रुख कटान गर्नुपर्नेमा करिब ४ हजार १ सय रुख काटिएको छ ।

कोरोना (कोभिड–१९) महामारीको जोखिम नियन्त्रण गर्न गरिएको निशेधाज्ञाले निर्माण प्रभावित हुँदा सम्पन्न गर्न नसकिएको उनले बताए ।प्रसारण लाइनको रुटमा पर्ने केही स्थानमा स्थानीयबासीको अवरोध तथा बर्खे झरीका कारण काम हुन नसक्दा पनि निर्माण लम्बिएको उनले बताए । 

प्रसारण लाइन सम्पन्न गर्न ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइन सम्पन्न भई सञ्चालनमा आएपछि एउटा सर्किटबाट होङ्सी शिवम् सिमेन्ट उद्योग र अर्को सर्किटबाट स्थानीय क्षेत्रमा विद्युत सेवा वितरण गरिनेछ । 

अहिले प्रसारण लाइनको काम पूरा नभएकोले प्राधिकरणले वैकल्पिकरूपमा निर्माणाधीन २२० केभी हेटौडा–भरतपुर–बर्दघाट लाइनबाट ट्यापिङ गरेर होङ्सीमा सेवा पुर्याउने तयारी गरिरहेको छ । यो लाइन पूरा भएपछि यही लाइनबाट उद्योगमा सेवा पुर्याइनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit