विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एपेक्स मकालु हाइड्रो पावर कम्पनीले २२ मेगावाटको मध्य होङगु खोला ‘ए’ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर १ को सोलुखुम्बु जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ लिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायसुझाव मागेको छ । विभागले सूचना जारी भएको  मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायसुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको  छ ।

सरोकारवालाले रायसुझाव विभाग वा प्रवर्द्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको मुख्य संरचना खोलाको दायाँ किनारमा रहने गरि डिजाइन तयार पारिएको छ ।

आयोजनाको बाँधबाट करिब १५७ मिटर लामो हेडरेस पाइप र ३ हजार ९ सय ४६ मिटर लामो सुरुङमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा जडान भएको टवाईनमार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक १३९.७९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८० साउन १ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ३१ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको तिङला सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit