विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना (कोभिड–१९) माहामारीको संक्रमण नियन्त्रण गर्न देशभर लागेको निशेधाज्ञा अवधिमा ग्राहकबाट ५० प्रतिशतभन्दा केही बढी विद्युत महसुल उठाउन सकेकाे छ । निशेधाज्ञाले अधिकांश वितरण केन्द्रका महसुल संकलन काउन्टरहरू १ महिनादेखि पूर्णरूपमा खुल्न नसकेको अवस्थामा आधा महसुल मात्रै उठाउन सकिएको हो । 

प्राधिकरणले विद्युत बिक्रीबाट मासिक साढे ५-६अर्ब रुपैयाँ आम्दानी गर्छ । २०७७ चैतसम्म ग्राहकबाट नियमित विद्युत महसुल संकलन भए पनि बैशाख दोस्रो सातापछि अधिकांश जिल्लामा निशेधाज्ञा लाग्न सुरु भए यता भने प्राधिकरणको आम्दानी खुम्चिन खुम्चिन पुगेको छ।

पछिल्लाे अवस्थामा मासिक ३ अर्ब रुपैयाँ मात्र विद्युत महसुल उठेको प्राधिकरण अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए । ‘यो १ महिनामा ५० प्रतिशतभन्दा बढी महसुल उठेको देखियो,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘ठूला साना उद्योग, सरकारी कार्यालय र घरायसी ग्राहकले आफ्नो अनुकुलताअनुसार महसुल तिरिरहेकाले छन् ।’

उनले निशेधाज्ञा अवधिमा अनलाइनबाट तिर्ने ग्राहकको संख्या बढेकाले नै आधा भन्दा बढी महसुल उठाउन सम्भव भएको बताए । प्राधिकरणले कोरोना (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि ग्राहकको घर–घर पुगी मिटर रिडिङ गरी खपत युनिटको बिल दिन तथा काउन्टरसम्म पुगेर महसुल तिर्न सक्ने अवस्था नहुँदा ग्राहकलाई अनलाइनबाट भुक्तानी गर्न प्रेरित गर्दै आएको छ ।

प्राधिकरणले नियमितरूपमा महसुल उठाउन सकियोस् भन्ने उद्देश्यले ग्राहकलाई नै आफैं मिटर रिडिङ गरी त्यसको विवरण सम्बन्धित वितरण केन्द्रमा फोन वा अनलाइनमार्फत टिपाई प्राप्त हुने बिलका आधारमा महसुल भुक्तानी गर्न पाउने सुविधा दिएको छ । यही सुविधा लिएर ग्राहकले आफुले खपत गरेको युनिटका आधारमा अनलाइनमार्फत महसुल भुक्तानी गरिरहेको प्राधिकरणले जनाएको छ ।

लामो समयसम्म बाँकी राख्दा जरिवानाबापत ठूलो रकम तिर्नुपर्ने बाध्यताका कारण बढी विद्युत खपत गर्ने औद्योगिक  ग्राहकले नियमित महसुल बुझाइरहेको कोइरालाले बताए । ‘ठूला उद्योग, कलकारखानाको महसुल नियमित उठ्न सकेमा मात्रै पनि प्राधिकरणको खर्च धान्न र निजी क्षेत्रलाई  विद्युत खरिद गरेबापतको बिल भुक्तानी गर्न समस्या हुँदैन’ उनले भने । 

आम्दानी खुम्चिए पनि प्राधिकरणले निजी क्षेत्रलाई विद्युत खरिद गरेबापतको रकम भुक्तानी नियमित गरिरहेको छ । अहिलेसम्म अघिल्ला महिनाहरूमा भएको आम्दानीबाट दैनिक खर्च तथा निजी क्षेत्रको भुक्तानी भइरहेको पनि उनले बताए । अघिल्ला महिनाको आम्दानीले असारसम्मको मात्रै सबै खर्च धान्न सक्ने अवस्था थियो । निशेधाज्ञा लागे यता आधाभन्दा बढी महसुल उठिसकेकाले प्राधिकरणको खर्च धान्न तथा निजी क्षेत्रलाई भुक्तानी दिन समस्या नहुने प्राधिकरणले जनाएको छ ।

गत वर्ष ३ पनि महिनाभन्दा बढी समय देशभर लकडाउन हुँदा प्राधिकरणको आम्दानी खुम्चिन पुगेको थियो । विद्युत खपत समेत ६ सय मेगावाटमा झरेको थियो । प्राधिकरणले निजी क्षेत्रको भुक्तानी समेत रोकेको थियो । यो वर्ष विद्युत खपत न्युनतम ९ सय मेगावाटमा झरेको थियो । औसत खपत ११ सय मेगावाट हाराहारीमा छ । निशेधाज्ञा अघिको उच्च माग १५ सय मेगावाट पुगेको भए पनि बैशाख १६ पछिको खपत पनि घटेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit